ड्रग्स मुद्धामा नायक अर्जुन रामपालमाथि सोधपुछ, अस्ट्रेलियाली साथी पक्राउ

बलिउडमा ब्याप्त ड्रग्स मुद्धामा अभिनेता अर्जुन रामपालसँग नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले शुक्रबार सोधपुछ गरेको छ। 

यसअघि अर्जुनका अस्ट्रेलियाली साथी पल बर्टेललाई ड्रग्सकै मुद्धामा एनसीबीले पक्राउ गरेको थियो। 

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्सको मुद्धा उठेपछि केन्द्रिय जाँच एजेन्सी एनसीबीले विगत ४ महिनादेखि मुम्बईमा बसेर ड्रग्स कारोबारमा जोडिएका व्यक्तिको छानवीन गरिरहेको छ। 

यो मुद्धामा हालसम्म २६ जना पक्राउ परिसकेका छन्। अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, रकुल प्रित सिंह, श्रद्धा कपुर जस्ता नाम चलेका कलाकारलाई एनसीबीले यसअघि नै सोधपुछ गरिसकेको छ। 

ड्रग्स कारोबारको मुद्धामा एक महिनाअघि अर्जुनकी प्रेमिका ग्याब्रियला डेमेट्रियड्सका भाई अगिसिलाओसलाई गत महिना एनसीबीले पक्राउ गरेको थियो। 

एनसीबीले गत सोमबार अर्जुनको घरमा पनि छापा हानेको थियो। 

उनको प्रेमिकालाई बुधबार र बिहीबार दुई दिन लगातार सोधपुछ गरेपछि एनसीबीले शुक्रबार बोलाएको हो। 

अर्जुनका ड्राइभरलाई पनि एनसीबीले पक्राउ गरेर लामो समय सोधपुछ गरेको थियो। 
एनसीबीले अर्जुनको मोबाइल र ल्यापटप जफत गरेको छ।

प्रकाशित मिति: : 2020-11-13 20:33:00

प्रतिकृया दिनुहोस्