कंगनाले भाईको बिहेमा ६ करोड रुपैयाँ खर्चिइन्

अभिनेत्री कंगना रनौटले आफ्नो भाई अक्षतको बिहेका लागि ६ करोड रुपैयाँ खर्चिएको भारतीय अखबारहरूले जनाएका छन्। 

पछिल्लो समय भारतीय सिनेमामा सबैभन्दा सफल कलाकार मानिने कंगना ‘दबंग अभिनेत्री’ को रूपमा चर्चित छिन्। 

महाराष्ट्रको शिव सेना सरकारसँग चलिरहेको उनको विवादले अहिले पुरै भारत तातेको छ। बिहीबार राजश्री ठाटमा उनले आफ्नो भाईको बिहे रितु सागवानसँग उदयपुरमा गराएकी थिइन। 

उनले भाईको बिहेलाई स्मरणीय बनाउन यति मोटो रकम खर्चिएको मिडियाले बताएका छन्। 

उदयपुरको ‘द लिला प्यालेस’ मा भएको बिहेमा उनी गुजराती बंधनी लहँगामा सजिएकी थिइन। 

यसको मूल्य मात्र १८ लाख पर्ने बताइएको छ। उनको लहँगा १४ महिनामा तयार भएको थियो। 

जसलाई डिजाइनर अनुराधा वकिलले तयार पारेकी थिइन। लहँगासँगै उनले ४५ लाखको गहना पनि पहिरिएको बताइएको छ। 

भाईको बिहेमा ४५ जना मात्र उपस्थित थिए। बिहेको अवसरमा राजस्थानी कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।

प्रकाशित मिति: : 2020-11-14 10:55:00

प्रतिकृया दिनुहोस्