तिहारमा पट्का पड्काउँदा भाजपा नेताकी नातिनीको निधन

तिहारमा पट्का पड्काउँदा भारतीय जनता पार्टी (भाजपा) कि सांसद डा. रिता बहुगुणा जोशीको नातिनी कियाको सोमबार राती निधन भएको छ। 

बहुगुणा पहिले कांग्रेस पार्टीकी प्रवक्ता थिइन। उनले दुई वर्षअघि कांग्रेस परित्याग गरेर भाजपाबाट संसदीय चुनाव लडेकी थिइन। उनी इलाहाबाद क्षेत्रबाट भाजपाकी सांसद हुन्। 

बहुगुणाकी ८ वर्षीय नातिनी तिहारको दिन मामाघरमा पट्का पड्काउँदै थिइन। तर, असावधानीका कारण उनको शरीरमै पट्का पड्केको थियो। 

उनलाई पहिले प्रयागराजको नीजि अस्पतालमा भर्ना गरिएको थियो। तर, स्वास्थ्यमा सुधार नभएपछि दिल्ली लैजाने तयारी भइरहँदा उनको निधन भयो।
 
बहुगुणाका छोरी मयंकको छोरी हुन्, किया। तिहारका लागि नातिनी आमा ऋचा जोशीसँग मामाघर गएकी थिइन।

 शनिबार अन्य केटाकेटीसँग घरको छतमा खेलिरहेको बेला उनको कपडामा आगो सल्किएको थियो। उनको शरीरको ६० प्रतिशत भाग जलेको थियो।

प्रकाशित मिति: : 2020-11-17 17:07:00

प्रतिकृया दिनुहोस्