पूर्वी मकवानपुरमा तीन वर्षीया बालिकाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला

पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको छ। 

वाग्मती गाउँपालिकाको ७ को लामिटारकी स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिनको शव  भेटिएको हो। 

उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घटनास्थल नजिक उनको कट्ट फेला परेको छ। 

यस्तै शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्ने उनको भनाइ छ।

‘बालिका हिजो साँझ ६ बजेबाट हराएकी थिइन्। हिजो हराएको १ घण्टामै भेटिइन् तर मृत अवस्थामा। शरिरको विभिन्न अङहरुमा चोट देखिन्को साथै रगतहरु लतपतिएको छ। सबैभन्दा ठुलो चोट टाउकोमा देखिएको छ। बलात्कार पछि हत्या गरिएको हुन सक्छ,’ प्रनाउ रानाले बताए। 

उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। तर चिकित्सकले मृत घोषित गरेको प्रनाउ रानाले जानकारी दिए। 

हाल प्रनाउ रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ। यस्तै प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको छ।

बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: : 2020-11-19 11:31:00

प्रतिकृया दिनुहोस्