काँग्रेसकाे रणनीति

रविलाई हराउन विश्वप्रकाश, स्वर्णिमलाई हराउन गगन

नेपाली काँग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनकाे लागि दुई निर्वाचन क्षेत्रमा दुई महामन्त्री खटाउने भएको छ। काँग्रेसले महामन्त्री गगन थापालाई तनहुँ क्षेत्र नं. १ मा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन क्षेत्र नं. २ मा खटाउने निर्णय गरेको हाे।

दुबै महामन्त्री सोमबार हुने मनोनयन दर्ताको लागि सो निर्वाचन क्षेत्रमा जाँदैछन।

महामन्त्री थापा भोलि  बिहान तनहुँ जाने र बिहान एक कार्यमक्रमको सम्बोधन गरेर दिउँसो २ बजे आफ्नो पार्टीका उम्मेदवारको मनोनयन दर्ता प्रक्रियामा सहभागी हुने तय भएकाे छ। काँग्रेसले तनहुँ– १ मा केन्द्रीय सदस्य गोबिन्द भट्टराईलाई उठाउने निर्णय गरेको छ।

त्यस्तै अर्का महामन्त्री शर्मा पनि भोलि नै चितवन जाने र आफ्नो उम्मेदवारको मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ। चितवन– २ मा काँग्रेसले जीतनाराण श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

दुबै निर्वाचन क्षेत्रको उपनिर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

चितवन– २ यसअघि अत्याधिक मत ल्याएर विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रमुख प्रतिस्पर्धी हुन। त्यसैले काँग्रेसले उनलाई पराजित गर्न ठुलो मेहेनत गर्नुपर्ने छ। प्रतिस्पर्धा कडा हुने अवस्थालाई ख्याल गरेर काँग्रेसले महामन्त्री शर्मालाई खटाउने भएको हो।

त्यसैगरी तनहुँ– १ मा पनि केही दिनअगाडि मात्रै काँग्रेस त्यागेर रास्वपा प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिने घोषाणा गरेका छन्। वाग्ले चर्चित र क्षमतवान भएकोले यस क्षेत्रमा पनि कडा प्रतिस्पर्धा हुने निश्चित छ। यद्वपि, केही दिनअगाडि काँग्रेसलाई नै विभिन्न आरोप लागएर पार्टी छाडेका वाग्लेलाई हराउनु काँग्रेसको लागि प्रमुख चुनाैति छ। त्यसैले यहाँ पनि काँग्रेसले वाग्लेलाई पराजित गर्न मन्त्रमन्त्री थापालाई पठाउन लागेको हाे।

दुबै महामन्त्रीले सम्बन्धीत निर्वाचन क्षेत्र रहेर चुनावी रणनीति बनाउने छन्।

प्रकाशित मिति: : 2023-04-02 17:40:00

प्रतिकृया दिनुहोस्