बलिउडका ‘किङ खान’ अढाई वर्षपछि सुटिङमा फर्किए

बलिउडका किङ खान अर्थात शाहरुख खान करिब अढाई वर्षपछि सुटिङमा पुनः फर्किएका छन्। 

बुधबार उनी ‘पठान’ को सुटिङका लागि यशराज स्टुडियोमा देखा परेका हुन्। अढाई वर्षअघि ‘जिरो’ रिलिज भएपछि उनी कुनै फिल्ममा देखा परेका थिएनन्। 

बुधबार उनी लामो कपाल र दाढीमा देखिएका थिए। शाहरूखको अभिनेत्रीको रूपमा पठानमा दीपिका पादुकोणले काम गर्दैछिन्। 

फिल्ममा जोन अब्राहमले भिलेनको अभिनय गरेका छन्। जोन र दीपिका शनिबारदेखि सुटिङमा फर्किने भारतीय अखबारले बताएका छन्। 

जोन हाल ‘सत्यमेव जयते २’ को सुटिङमा व्यस्त छन् भने दीपिका गोवामा सकुन वत्राको फिल्मको सुटिङ सकेर भर्खरै फर्किएकी छिन्। 

‘पठान’ यशराजको ब्यानरमा निर्माण हुदैछ। यशराज फिल्मसँग शाहरुखको पुरानो सम्बन्ध हो। उनी ‘डर’ फिल्मदेखि नै यशराज ब्यानरसँग जोडिएका छन्। 

‘पठान’ पछि शाहरुख राजकुमार हिरानीको फिल्ममा अभिनय गर्दैछन्। यो फिल्म माइग्रेसनमा आधारित छ। फिल्मको कथा कणिका ढिल्लनले तयार पार्दैछिन्।

प्रकाशित मिति: : 2020-11-19 15:16:00

प्रतिकृया दिनुहोस्