प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
टेकनारायण रिमाल ‘कौशिक’
चारु
म तिम्री हुँ तिम्रै हमेशा रहूँली।
परेका सबै विघ्न बाधा सहूँली।
मिले हात तिम्रो मिले साथ तिम्रो
महामृत्युका साथ सोझै लडूँली।
तिमीले मलाई कतै बिर्सियौ त
लिई नाम तिम्रो म तड्पी मरूँली।
सधैँ साथ बस्ने छ वाचा गरेको
छुटे साथ तिम्रो म एक्लै सडूँली।
तिमी मार्गका रोशनी नित्य बन्नू
म त्यो लक्ष्य ताकी अगाडि बढूँली।
राग
आएझैँ सपना बनेर, विपनामा आइदेऊ तिमी।
छाएझैँ ऋतुमा बहार अवनीमा छाइदेऊ तिमी।
खाली यो अहिले छ भूमि दिलको रोपेर माया यहाँ
सारा जीवनमा सुवास मधुरो फैलाइदेऊ तिमी।
नीलो त्यो नभमा सुधांशु शशिले मुस्कान छाएसरि
यो मेरो मनभित्रको तिमिरमा मुस्काइदेऊ तिमी।
बर्खे बादलबाट साउन झरी उद्यान सिञ्चेसरि
प्यासो चातकमाथि प्रेम रसिलो वर्षाइदेऊ तिमी।
आऊ 'कौशिक'की बनीकन प्रिया, पापी जमानाकन
हाम्रा ताल्लुकका कुरा जति सबै सम्झाइदेऊ तिमी।
विराग
भो प्रिया! नगर प्यारका कुरा।
साइनो र अधिकारका कुरा।
सम्झना तक थिएन बिल्कुल
फेरि आज किन यारका कुरा?
स्वार्थमा मह मिठो चुहाउने
सुन्नु ती कति असारका कुरा।
कामका सकल दास हुन् बुझेँ
कल्पना गर परारका कुरा।
भो भयो नगर हे मनस्विनी!
सान्त्वना र उपचारका कुरा।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया