रौतहटमा मादक पदार्थ सेवन गरेर झगडा हुँदा एकको मृत्यु, दुई जना पक्राउ

रौतहटमा मादक पदार्थ सेवन गरेर झगडा हुँदा एक जनाको मृत्यु भएको छ। 

सोमबार राति करिब साढे ७ बजेतिर वृन्दावन नगरपालिका ७ सखुवा धमौराका १९ वर्षीय विकास पासवान र उनका छिमेकी ५० वर्षीय अमिरी पासवानबीच झगडा भएको थियो। 

मापसे गरी आएका विकासले आफ्ना छिमेकीले अमिरी गालीगलौज गरेपछि झगडा सुरू भएको प्रहरीकाे भनाइ छ।

ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक रवि रावलले झगडा हुँदा विकासले अमिरीलाई धकेल्दा उनको टाउकोमा चोट लागेको बताए। 

उपचारका लागि उनलाई सिटी अस्पताल लगिएको थियो। उनकाे उपचारकै क्रममा सवा ८ बजे मृत्यु भएको हो। 

उक्त घटनामा विकासका आफन्त पर्ने ५५ वर्षीय विन्द पासवान पनि पक्राउ परेका छन्। 

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: : 2020-11-24 13:22:00

प्रतिकृया दिनुहोस्