पर्सामा पेस्तोलसहित एकजना पक्राउ

पर्सा प्रहरीले अबैद्ध हतियारसहित एकजनालाई पक्राउ गरेको छ।

सर्लाहीको बलरा नगरपालिका १० सुदामामा घर भएका तथा हाल पर्साको वीरगञ्ज महानगरपालिका ११ दुर्गा टोल बस्ने ४९ बर्षीय जीतेन्द्रप्रसाद सिंहलाई पक्राउ गरेको हो।

प्रहरीले बिशेष सुराकिको आधारमा वडा प्रहरी कार्यालय बिर्ता र श्रीपुरबाट खटेको प्रहरीको टोलीले सिंहको घरमा खानतलासी गर्दै जाँदा स्टील दराजको सेफ बक्स भित्र लुकाई छिपाई राखिएको ७.६५ एमएम को ४ राउण्ड गोली लोड गरी राखिएको एक थान र पेस्तोल एक थान बरामद गरेको जनाइएको छ।

यस्तै मानिसलाई बेहोस गर्ने एनेस्थेटिक ईथर आईपी औषधि ५०० एमेल एक बोतल बरामद गरेको छ।

बरामद गरिएको हतियार र औषधिसहित पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-25 08:20:00

प्रतिकृया दिनुहोस्