आमिर खानकी छोरी इरा फेरि चर्चामा

आमिर खानकी छोरी इरा प्रायः चर्चामा आउने गर्छिन। यतिबेला उनी फेरि आफ्नो नयाँ प्रेमीलाई लिएर चर्चामा छिन्। 

भारतीय अखबारका अनुसार आफ्नो बुवाको फिटनेश प्रशिक्षक नुपुर शिखरेसँग इरा यतिबेला डेट गरिरहेकी छिन्। उनीहरू बीचको सम्बन्ध ६ महिनाभन्दा बढी भएको बताइएको छ। 

कोरोनाका कारण लकडाउनले गर्दा दुबैको सम्बन्ध झन् नजिक भएको भारतीय अखबारको दावी छ। इरा पनि अहिले नुपुरसँगै फिटनेशको वर्कआउट गर्छिन। दुबैले हालै एउटा भिडियो पनि सोसल मिडियामा पोस्ट गरेका छन्। 

श्रोतको अनुसार नुपुर र इरा हालै आमिर खानको महाबलेश्वर फार्महाउसमा छुट्टि मनाउन गएका थिए। इराले आफ्नी आमा रिना दत्तालाई पनि नुपुरसँग भेटाएको बताइएको छ। 

नुपुरभन्दा पहिले इराको म्युजिक कम्पोजर मिसाल कृपलानीसँग सम्बन्ध थियो। उनीहरूको थुप्रै फोटो सोसल मिडियामा यथावत छ। यो जोडीको २०१९ को डिसेम्बरमा ब्रेक–अप भएको र यसपछि आफू डिप्रेसनमा गएको कुरा इराले बताएकी थिइन। 

२३ वर्षीय इराले ‘युरिपाइड्स मेडिया’ नामक नाटकमा डेब्यु गरिसकेकी छिन्। उनले यो नाटकलाई निर्देशन पनि गरेकी थिइन। यो नाटकमा वरुण धवनकी भतिजी अञ्जिनी धवनले अभिनेत्रीको रूपमा काम गरेकी थिइन।

प्रकाशित मिति: : 2020-11-25 17:12:00

प्रतिकृया दिनुहोस्