राम योन्जन 'गाउँले'
ठ्याक्कै यो बेला- यो मौसममा,
म यो मुटुसँग सन्तुष्टि छैन।
चाहिएको हो- फलामको मुटु,
दल्छिन ढुङ्गा जस्तो कडा होस् रगत
यो परिवेशमा,
चाहिएको हो- संवेदनहीन मुटु ताकी कुनै चोट सहनु नपरोस्।
फलामले- फलामकै असीमित चोट सहेपछि
बन्छ- धारिलो धार!
र काट्छ उभिएर क्रुरताको विशाल चट्टान्
त्यो परिदृश्यमा- आकृतिको नाम,
तरबार हुन सक्छ!
बामफोक हुन सक्छ!
खुकुरी हुन सक्छ!
खुर्पा हुन सक्छ!
कर्द हुन सक्छ!
भाला हुन सक्छ!
छुरी हुन सक्छ!
र हुन सक्छ हँसिया पनि।
यो मुटुलाई फलामको संरचना भन्नु पर्दा,
फलामलाई धारहरूको कार्यदिशा बताउनु पर्दा,
कार्यसूचीलाई हातहरूले निर्देशन गर्नु पर्दा,
मसँग- फलामे पृथ्वी होस्
मसँग-आँखामा काँडैकाँडाको घनाघोर बस्ती होस्
शीरमा- कसैले छुन नसक्ने आकाशको उचाइ होस्।
यो
मुटुलाई- फलाममा रुपान्तरण गर्ने समय हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया