कंगनालाई ८ जनवरीमा प्रहरीसमक्ष उपस्थित हुन आदेश

बलिउड अभिनेत्री कंगना रनौटलाई जनवरी ८ मा दिउँसो १२ बजेदेखि २ बजेसम्म बान्द्रा पुलिस स्टेशनलाई हाजिर गर्न बम्बे उच्च अदालतले आदेश दिएको छ। 

कंगनाविरूद्ध मुम्बई प्रहरीले लगाएको राजद्रोहको मुद्धामा भने अदालतले प्रहरीको आलोचना गरेको छ। 

अदालतले जुन व्यक्ति सरकारले भने अनुसार हिँड्दैन, ती सबैलाई राजद्रोहको मुद्धा हाल्ने हो भने परिस्थिति के हुन्छ? भनेर आलोचना गरेको थियो। 

मुम्बई प्रहरीले कंगना र उनको बहिनी रंगोलीविरूद्ध राजद्रोहको मुद्धा दायर गरेको थियो। 

मुम्बई प्रहरीले कंगना र रंगोली दुबैलाई बयानका लागि चौकीमा आउन पत्र काटेको थियो। तर, उनीहरू तीन पल्ट नै प्रहरीसमक्ष उपस्थित भएका थिएनन्। 

महाराष्ट्र सरकार तथा मुम्बई प्रहरीको आलोचना गर्दै आइरहेकी कंगना र उनको बहिनीविरू ४ वटा मुद्धा दायर भएको छ। महाराष्ट्र सरकारको कार्यशैलीको विरोध गरेकी कंगनाको मुम्बईस्थित कार्यालय पनि तोडफोड भएको थियो।

प्रकाशित मिति: : 2020-11-25 17:23:00

प्रतिकृया दिनुहोस्