अक्षयको कमाईं ३६२ करोड, विश्वको छैटौं बढी कमाउने कलाकार

बलिउडका लोकप्रिय अभिनेता अक्षय कुमार विश्वमा सर्वाधिक धन कमाउने कलाकारको सूचीमा छैटौं नम्बरमा उक्लिएका छन्। 

हालै फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टमा अक्षयको यस वर्षको कमाईं ४८ दशमलव ४ मिलियन डलर अर्थात ३६२ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। 

अक्षयले पैसा कमाउने मामिलामा यस वर्ष शाहरुख खान र सलमान खानलाई पनि पछाडि पारेका हुन्। अक्षयको यस वर्ष लक्ष्मी बम्ब डिजिटल प्लेटफर्म डिज्नी प्लसमा रिलिज भएको थियो। 

उनी कृति सेननसँग बच्चन पांडे, सारा अली खान र धनुषसँग अतरंगी रे, वाणी कपुरसँग बैल–बटम र ब्रम्हाण्ड सुन्दरी मानुषी छिल्लरसँग पृथ्वीराजमा काम गर्दैछन्। उनले विज्ञापनबाट पनि मनग्यै पैसा आम्दानी गरेका थिए। 

यस वर्ष सलमान र शाहरुखको पैसा घट्नुमा उनीहरूको कुनै फिल्म रिलिज भएको छैन। 

विश्वमा सबैभन्दा बढी पैसा कमाउने नायक हलिउडका ड्वेन जोन्सन हुन्। उनको यस वर्षको कूल कमाईं नै ८७ दशमलव ५ मिलियन डलर रहेको छ। 

दोस्रो नम्बरमा रेयान रेनोल्ड (७१.५ मिलियन डलर), तेस्रोमा मार्क वाह्लबर्ग (५८ मिलियन डलर), चौथोमा बेन अफ्लेक (५५ मिलियन डलर) र पाँचौमा बिन डेजल (५४ मिलियन डलर) रहेका छन्।

प्रकाशित मिति: : 2020-11-25 18:53:00

प्रतिकृया दिनुहोस्