
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
बिएल संवाददाता
बलिउडकी अभिनेत्री कैटरीना कैफ र अभिनेता विक्की कौशल आफ्नो वैवाहिक जीवनमा खुसी छन्। उनीहरूले प्रेम विवाह गरेका थिए। तर विक्कीलाई मनपराएकी कैटरीना कुनैसमय सलमान खानको प्रेममा गिरफतार भएकी थिइन्।
उनीहरू ६ वर्षसम्म प्रेम सम्बन्धमा रहे। तर कुरा नमिलेपछि ब्रेकअप भयो। मीडिया रिर्पोटका अनुसार कैटरीना सलमानलाई एउटा सन्देश पठाएर बे्रकअप गरेकी थिइन्।
यो कुरा त्यो समयको हो, जब कैटरीना रणबीर कपूरसँग ‘अजब प्रेमकी गज्जब कहानी’ को शूटिङ गर्दैथिइन्। रिर्पोटका अनुसार उनी रणबीरसँग नजिकिदैँ थिइन्। र उनी सलमानसँग प्रेम सम्बन्ध बढाउन चाहदिन थिइन्।
सलमानसँग साथी बन्ने कैटरीनाको चाहना
कैटरीनालाई सलमानसँग टाढिनु यतिधेरै हतार भएको थियो कि उनले सलमानलाई नभेटीकन नै ब्रेकअप दिइन्। उनले भलै, म्यासेजमा आफूहरूले सम्बन्ध सक्किएपनि साथी रहिरहने बताएकी थिइन्।
उनले एक साथीलाई सलमान र आफ्नो प्रेमबारे बताउँदै सलमानसँग प्रेम सम्बन्धमा नरहने बताएकी थिइन्। किनकी उनलाई प्रेमबाट बाहिर निस्किनु थियो। उमेरको भिन्नता मात्र नभई उनले आफू सलमान खानसँग खुसी हुन नसक्ने पनि बताएकी थिइन्। सलमान खानसँग ब्रेकअप गर्नेबित्तिकै उनी रणबीरको प्रेममा परिन्।
त्यसपछि ‘लिभिङ रिलेशनसिप’
सलमानसँग ब्रेकअपपछि उनीहरू ‘लिभिङ रिलेशनसिप’ मा बसन थाले। रणबीरले कैटरीनासँग बस्नका लागि १४ लाख रुपैयाँ प्रति महिना भाडा तिरेर बस्न थाले। उनीहरू ६ वर्षसम्म सँगै बसे।
तर फेरि उनीहरूको ब्रेकअप भयो। ब्रेकअपपछि रणबीरले अभिनेत्री आलिया भट्टसँग विवाह गरे। र कैटरीनाले विक्कीसँग विवाह गरिन्। अहिले यी दुई जाेडी नै आ–आफ्नो जीवनमा खुसी छन्, रमाइरहेका छन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया