अहिल्यै विद्यालय सञ्चालन गर्न सकिदैन: महानगरपालिका

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं महानगरपालिकाले अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ। 

पहिलेको तुलनामा कोरोना सङ्क्रमण दर कम भएपनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने जनाएको हो।

गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ। 

तर कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेकाे जनाए।

‘अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ, परीक्षा सकिए पछि विद्यालय सञ्चालन गर्ने गर्छु भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति मागेकाे छैन ’, प्रमुख ढकालले भने। 

कारोनाका कारण गत चैतदेखि देशभरिका विद्यालय बन्द छन्। हाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन्।

प्रकाशित मिति: : 2020-11-27 12:51:00

प्रतिकृया दिनुहोस्