चिन्तन भाग- २

समयको खेलः जिरोदेखि हिरो र हिरोदेखि जिरो

बिएल नेपाली सेवाका लागि 'समयको खेलः जिरोदेखि हिरो र हिरोदेखि जिरो' शीर्षकमा 'चिन्तन भाग- १' प्रकाशित भइसकेकाे छ।

पहिलाे भागमा एडोल्फ हिटलरका बारेमा छाेटाे चर्चा गरिएकाे छ। र, यसमा जोसेफ स्टालिनकाे चर्चा हुनेछ। तर, प्रचलित नाम 'स्टालिन' भनिन्छ।

कार्ल मार्क्सले विश्व प्रसिद्ध पुस्तक 'दास क्यापिटल' लेखे। पुस्तकले पुँजीवादलाई नष्ट गरेर समाजमा सर्वहारा वर्गले पनि बराबरीको हक-अधिकार पाउनुपर्छ भन्ने कुराको प्रतिपादन गर्छ। प्रतिपादन गर्ने विचारलाई 'मार्क्सवाद' भनिन्छ।

'दास क्यापिटल'ले त्यसबेला विश्वभर चर्चाको विषय बन्ने श्रेय पायो। प्रसिद्धि पनि पायो। प्रसिद्धि पाएको बेला सोभियत यूनियन (रूस)मा 'जार'को शासन थियो। 'जार'बारे व्याख्या गरे धेरै कुरा लेख्नुपर्ने हुन्छ। छोटकरीमा यति नै बुझ्नुहोस्- 'जार' राज परिवार हो। कुनै बेलाको नेपालको 'शाही' परिवार भनेजस्तै। जारले शासन गरेतापनि त्यसबेला रूसका जनता जारबाट शोषित थिए। यसैकारण जार शासनबाट उन्मुक्ति पाउन त्यहाँका जनताले मार्ग खोजिरहेका थिए।

यस्तै बेलामा भ्लादिमिर लेनिन (प्रचलित नाम लेनिन)ले 'दास क्यापिटल' पुस्तक पढ्न पाए। यसबाट प्रभावित भए अनि उनले सन् १८९८ मा रूसी सामाजिक जनवादी मज़दूर पार्टी स्थापित गरे।

पार्टीमा स्टालिन थिए। लेनिनसँग स्टालिनको भेट सन् १९०५ मा लण्डनमा भएको थियो। यस पार्टीमा रूसका समग्र जनता सम्मलित थिए। लेनिनकै नेतृत्वमा रूसमा जार शासनविरुद्ध भयंकर जनक्रान्ति भयो।

सन् १९१७ मा लेनिनको नेतृत्वमा जार शासनको अन्त गरियाे। लेनिन रूसका अधिनायक भए। सन् १९२४ मा लेनिनको मृत्यु भयो। रूसको सत्तालाई स्टालिनले सम्हाले। उनी सोभियत यूनियनका अधिनायक भए।तानाशाही भए। तर, क्रूर तानाशाही।

तानाशाही हुनसाथ स्टालिनले रूसमा आफ्नै जनताको हत्या गराए। भनिन्छ- २ करोड मारिएका थिए|मारिनेमा के बूढाबूढी, के स्कूले केटाकेटी, के बुद्धिजीवी, के लेखक, डाक्टर, के वैज्ञानिक। सबै मारिएका थिए।

स्टालिनकाे आँखाका कसिंगर भएकाहरूमाथि ठूलाे नरसंहार मच्चाए। नरसंहार गर्ने क्रममा सबैभन्दा अधिक कृषकहरू मारिएका थिए। जुन कृषकहरूलाई कुलक भनिन्छ। यसैकारण यिनी रूसी जनताका आँखामा 'हिरो' नभएर 'जिरो' थिए। विश्वका आँखामा पनि नरसंहारको कारण यिनी 'जिरो' बने।

'जिरो' भइरहेको बेलामा हिटलरको नाजी सेनाले पोल्यान्ड भएर सोभियत यूनियनको सीमालाई अतिक्रम गऱ्यो। कतिपय ठाउँलाई जितेर आफ्नो अधिकारमा पनि लियो अनि स्टालिनग्राड नगरमा प्रवेश गऱ्यो।

स्टालिनग्राडमा जर्मन सेना र रूसको रेड आर्मीबीच घमासान युद्ध भयो। यस युद्धलाई विश्वको सबैभन्दा डरलाग्दो भीषण युद्ध मानिन्छ। युद्धमा दुवै तर्फका लाखौँ सैनिक मारिए। अन्त्यमा जर्मन सेनाको हार र रूसी सेनाको जीत भयो। रूसी सेनाबाट भेसिली ग्रिगोवेभिच जैतसेवले निशानेबाज भएर रूसी सेनालाई जिताउनुमा अजंग भूमिका खेलेका थिए।

ठूल्ठूला जर्मन अफिसरहरूलाई मारेकै कारण रूसमा यिनलाई युद्धको हिराे अफ वार भनिन्छ। फलत: स्टालिनलाई सम्मान दिन भनेर युद्धको बेला चलाएका राइफललाई स्टालिनग्राड संग्रहालयमा राखिएको छ।

स्टालिनग्राड युद्धमा रूसी सेना विजयी भएको कारण 'जिरो' भएका स्टालिन रूसी जनताका लागि पलभर मै 'हिरो' भइदिए। झन् त्यहीमाथि रूसको रेड आर्मीले बर्लिनमा विजयीकाे झण्डा फहराएपछि हिटलरले आत्महत्या गरे। यी दुवै घटनाले गर्दा विश्वको आँखामा 'जिरो' भएका  स्टालिन विश्वकै आँखामा 'हिरो' भए।

कम्तीमा दुइ करोड आफ्नै जनतालाई मार्ने हत्यारालाई विश्वले शान्तिदूत देख्यो। देख्ने भएर नै स्टालिनलाई सन् १९४५-४८ मा 'नोबल शान्ति पुरस्कार' दिन नामांकित पनि गरियो। यसैलाई भनिन्छ– 'समयको खेलः जिरोदेखि हिरो र जिरोदेखि हिरो।

क्रमश: भाग- ३ मा नरेन्द्र मोदी...

प्रकाशित मिति: : 2021-06-03 09:29:00

प्रतिकृया दिनुहोस्