जुवा खालबाट नगदसहित १० जना पक्राउ

बारा प्रहरीले जुवा खालबाट नगदसहित १० जनालाई पक्राउ गरेको छ l  

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २ सिमरास्थित सिमरा पाराडाइज होटलमा जुवाडेहरू जम्मा भई खेलिरहेको बिशेष सूचनाको आधारमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिको प्रहरी टोलिले सिमरा पाराडाईज होटललाई घेराबन्दी गरि खानतलासी गर्दा होटेलको कम्पाउण्ड भित्र जुवा खेल्न प्रयोग भएका म्याट , पाउडर , कौडा थान १६ र नगद रू .५ लाख ८२ हजार ५५० बरामद गरिएको छ । 

पक्राउ परेका १० जना जुवाडेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराले जुवा मुद्दा अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान  भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-27 16:42:00

प्रतिकृया दिनुहोस्