तीन वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय किशोरलाई ६ महिना जेल

तीन वर्षीया बालिकालाई बलात्कार गरेका सप्तरीका १४ वर्षीय किशोरलाई ६ महिनाको जेल सजाय सुनाइएको छ।

जिल्ला अदालत सप्तरीका न्यायधीश चन्द्रमणि ज्ञवालीको ईजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकोमा बलात्कार आरोपित किशोरलाई जेल सजाए सुनाएको हो।

उनले खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ७६ गत भदौ ६ गते बलात्कार गरेको भन्दै उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।

प्रहरीले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । 

जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ७६ गत भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।
 

प्रकाशित मिति: : 2020-11-28 19:55:00

प्रतिकृया दिनुहोस्