ग्लोबल गोरखा समाजद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखा जिल्लाका ११ वटै स्थानिय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

गोरखा र पालुङटार नगरपालिकासंगै भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट, चुमनुब्री, धार्चे, आरुघाट  र अजिरकोट गाउँपालिकालाई एक कार्यक्रमका बीच कुल ११ लाख ७६ हजार ८ सय रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरिएको समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिए। 

हाल कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको लागि स्थानीय तहलाई सामग्री सहयोग गरिएको उनले बताए ।

No description available.

सबै स्थानिय तहलाई मास्क र थर्मल गन हस्तान्तरण गरेको समाजका उपाध्यक्ष गोकर्ण प्रसाद ढकालले बताए । 

‘हालै सम्पन्न अधिवेशनको बैठकले गोरखाका सबै स्थानिय तहमा स्वास्थ्य सामग्री दिने निर्णय अनुसार स्वस्थ सामग्री सहयोग हस्तान्तरण गरिएको हो,’ संयोजक ढकालले भने।

प्रत्योक स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ। 

त्यस्तै गरि, समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिति गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गनसमेत हस्तान्तरण गरिएको थियो।

No description available.

हस्तान्तरण कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधी बिनोद पोखरेल र जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले सम्बन्धित गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण तथा जिम्मा लगाइएको थियो। 

ग्लोवल गोरखा समाज गोरखा जिल्लामा जन्मिएर नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीहरुको संगठित संस्था हो। समाजले यस अगाडी पनि गोरखाको विभिन्न स्थानमा सहयोगहरु गर्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2020-11-28 22:15:00

प्रतिकृया दिनुहोस्