नेपालका एचआईभी संक्रमितमध्ये ३० जनामा कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा एचआईभी संक्रमित मध्ये ३० जना कोरोना संक्रमणमा भएकाे छ। २९ हजार ५०३ जना एचआइभी संक्रमित मध्ये ३० जनालाई काेराेना पुष्टि भएकाे राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ।

तर उनीहरु उपचार पछि निको भइसकेका छन्। केन्द्रले नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको बताएको छ।

केन्द्रकी निर्देशक डा सुधा देवकोटाले ती मध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको जानकारी दिइन्।

यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको छ। 

यस्तै नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको उनल‍े जानकारी दिइन्। 

यस्तै एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी रहेको छ।

तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम भएको भएको उनले बताइन्।

प्रकाशित मिति: : 2020-12-01 16:08:00

प्रतिकृया दिनुहोस्