नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरीले समात्दा रक्सीले झुमिरहेका थिए टोपबहादुर रायमाझी

फाइल तस्विर
फाइल तस्विर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई नै चक्मा दिएर टाप कसेका एमाले सांसद टोपबहादुर रायमाझी आइतबार साँझ प्रहरीको फन्दामा परे।

पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला अर्घाखाँचीको एक विद्यालयको हिरक महोत्सवमा विशेष अथितिको रुपमा सहभागी थिए। पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई सघाउने भन्दै काठमाडौँ हिँडेका उनी १२ दिनअघि भैरहवाबाट सम्पर्कविहीन भएका थिए।

त्यहाँबाट भाग्दै भाग्दै ११ दिनमा पाेखरा हुँदै काठमाडौँ छिरेका उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले आइतबार साँझा काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

बूढानीलकण्ठस्थित पेसीकाेटमा साथीको घरमा बसिरहेका उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो। पक्राउ गर्ने समयमा रायमाझी रक्सीले झुम्मिरहेका प्रहरीले बताएको छ।

उनले पक्राउपछि मेडिकल जाँचका क्रममा एक गिलास वियर खाएको स्वीकारेको प्रहरीले जनाएको छ। तीनकुनेस्थित कान्तिपुर अस्पतालमा मेडिकल चेक गर्ने क्रममा उनले भनेका थिए–, ‘एक गिलास वियर लिएकाे छु।’

रायमाझीले यसै मुद्दामा आफू र आफ्ना छोरा सन्दीप रायमाझी पनि पक्राउ परेकोले तनावमा मदिरा सेवन गरेको प्रतिक्रियासमेत दिएका थिए।

प्रकाशित मिति: : 2023-05-15 09:55:00

प्रतिकृया दिनुहोस्