गरिबीको कारण आमा गुमाएका समाजसेवी बास्कोटाले गरे ६० लाख बढी सहयोग

बिएल संवाददाता

काठमाडाै‌ं

मृत्यु आफैंमा एक अन्त्य होइन, यो त एक प्रवाह हो। कुन दिन आउछ पत्तो हुन्। तर, उपचारको लागि चाहिने पारिश्रिक जुटाउन नसक्दा कयौंले  अकालमै ज्यान गुमाउन वाध्य छन्। 

यही अवस्थालाई देखेर तेह्रथुम फेदाप २ ओयाक्जुङ ५ का देव बास्कोटा सहयोगका लागि मन खेलेर अग्रसर भएका छन्।

आर्थिक अभावका कारण सही समयमा उपचार गर्न नसकी आफ्नी आमालाई गुमाएका थिए बास्कोटाले।

आफूले जस्तो पीडा अन्यले भोग्न नपरोस् भनेर तेह्र वर्षे प्रवासी जीवनमा ६० लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेका छन्।

गरिबीको चपेटामा परेर राहादानी बेकेर साउदी अरब हुइकिएका उनी अहिले इजरायलमा पुगेको छन्। 

उनले यहिबाट आफ्ना लागि केही दामसँगै नाम पनि कमाइरहेका छन् । 

समाजसेवा, पत्रकारिता र गीतसंगीतको क्षेत्रमा संघर्षरत बास्कोटाको परिचयमात्र होइन, हिजोआज उनको दैनिकी नै फेरिएको छ। 

विदेश जाने जोकोहीले दाम त अवश्य कमाउँछन् तर दामसँगै नाम भने कमैले कमाउने गर्छन्। तर उनी फरक पात्र हुन्। उनी दामसँगै नाम पनि  कमाउन सफल भएका छन्।

उनले आपतविपत्मा परेका नेपालीहरुलाई विभिन्न समयमा गरी ६० लाख रुपैयाँ भन्दा बढीको आर्थिक सहयोग गरेका छन्। त्यस्तै करोड बढी रकम संकलन पनि । 

बास्कोटाले प्रवासमा रहेर आफूले कमाएर बचाएको पैसा नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा पुरस्कार प्रायोजनमा खर्चिदै आएका छन् । 

गीतसंगीत, पत्रकारिता र समाजसेवामा रुचि भएका बास्कोटाले प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि उत्तिकै बफादार भएर लागि परेका छन्। 

‘गरिबीको कारण उपचार गराउन नसकी सानैमा आमा गुमाएँ। मैले अविभावक नै गुमाएपछि धेरै दुख, कष्ट सहेँ। तर मेरो जस्तै हालत कसैको नहोस् भन्दै म समाजसेवामा लागेको हुँ,’ उनी भन्छन्। 

उनका अनुसार हालसम्म ६८ जना क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग गरिसकेका छन्।

‘आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएको छु,’ दंग पर्दै बास्कोटा भन्छन्,‘अहिले सम्म ६८ जना क्यान्सर तथा मिर्गौला पीडितको हातमा रकम थमाइसकेको छु।’  

बिगत ५ वर्षदेखि सञ्चालित आफ्नै संस्था तीनजुरे मिडिया ग्रुपका अध्यक्ष तथा संयोजक बास्कोटाको आफ्नो साथै पहलमार्फत् १४लाख बढी सहयोग नेपालका विभिन्न पीडितलाई हस्तान्तरण गरिसकेका छन्।

आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने उनको उनी सुनाउछन्।  उनको बिचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो। 

समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी हुने उनी बताउछन् । 
 

प्रकाशित मिति: : 2020-12-02 18:09:00

प्रतिकृया दिनुहोस्