काेराेना अपडेट

पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

File Photo
File Photo

 नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर कूल ९ हजार १६ जनामा कोरोना परीक्षण गरिएका मध्ये ६ हजार ७ सय ९१ जनाको पीसिआरबाट र १ हजार ३ सय २५ जनामा एन्टिजेनबाट कोरोना पोजिटिभ देखिएको हो।

पछिल्लो समय २ सय ७० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै देशभर कोरोनाबाट निको हुनेको संख्या ८ लाख ८ हजार ३ सय ५३ जना पुगेको छ। नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको  संख्या ११ हजार ५ सय ७० जना पुगेको छ । हाल मृत्यु हुनेको दर १ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

अहिले देशभरका कोरोना अस्पताल तथा क्वारेन्टाइनमा ५ हजार ५ सय २२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५ सय २२ जनाले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। यो सँगै देशभर कोरोनाविरुद्दको खोप लगाउनेको संख्या २ करोड १४ लाख ४५ हजार १ सय ४५ जना पुगेको छ।

हाल देशभर ९८ जना कोरोना संक्रमित क्वारेन्टानमा उपचाररत रहेका छन्।

 

प्रकाशित मिति: : 2021-12-17 16:46:00

प्रतिकृया दिनुहोस्