सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

हुम्लाको सदरमुकाम रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ। 

बुधबार बिहान करिब ४ बजेतिर आगलागी भएको हो।

विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको  हुनसक्ने प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ। 

आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन्। 

प्रकाशित मिति: : 2020-12-03 07:16:00

प्रतिकृया दिनुहोस्