रजनीकान्त पनि राजनीतिमा प्रवेश

दक्षिण भारतका सुपर स्टार रजनीकान्त ६९ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका छन्। उनले बिहीबार नयाँ पार्टीको औपचारिक घोषणा गर्ने क्रममा २०२१ को विधानसभा चुनाव लड्ने बताएका छन्। 

रजनीकान्त केही महिनादेखि राजनीतिमा सक्रिय थिए। उनले राजनीतिमा पनि कडा मिहिनेत गर्ने र चुनाव जित्ने वाचा गरे। दक्षिण भारतमा फिल्मी क्षेत्रका मानिसहरू राजनीतिमा समावेश हुने पुरानो परम्परा हो। 

दक्षिण भारतमा सबैभन्दा पहिले राजनीतिमा कुद्ने चर्चित अभिनेता थिए, रामचन्द्रन। एमजीआरको नामबाट चर्चित डा. एमजी रामचन्द्रन सीएन अन्नादुरईको द्रमुक पार्टी प्रवेश गरेका थिए। 

आफ्नो साथी एम करुणानिधिसँग मतभेद भएपछि उनले अन्नाद्रमुक पार्टी निर्माण गरेका थिए। उनी १९७७ देखि १९८० सम्म र १९८०–८४ गरेर दुई पल्ट मुख्यमन्त्री भए। 

यस्तै, तमिल फिल्मका स्क्रिनराइटर एम करुणानिधि पाँच पल्ट मुख्यमन्त्री भए। यसपछि जयललिता राजनीतिमा आएकी थिइन। उनी पनि ४ पल्ट मुख्यमन्त्री बनिन्।
 
अभिनेता, निर्देशक र निर्माता विजयकान्तले पनि देसीय मुरपोक्कु द्रविड कडगम (डीएमडीके) पार्टी निर्माण गरेका थिए। सन् २०११ मा विधानसभा चुनावमा २९ सिट जितेका थिए। उनी अहिले आफ्नो पार्टीका महासचिव र विधायक छन्। 

यस्तै, अर्का चर्चित अभिनेता कमल हसनले पनि मक्कल निधि मय्यम पार्टी निर्माण गरेका थिए। उनले चुनावमा भाग लिएका थिएनन्।

प्रकाशित मिति: : 2020-12-03 21:45:00

प्रतिकृया दिनुहोस्