गणतान्त्रिक नेपालमा घन्किन थाल्यो, ‘राजा आउ, देश बचाउँ’ को नारा (भिडियोसहित)

शनि शाक्य

काठमाडाै‌ं

गणतन्त्र स्थापनाको १३ वर्ष नपुग्दै राजधानी काठमाडौंमा ‘राजा आउ, देश बचाउँ’ को नारा घन्किन थालेको छ। 

हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको माग राख्दै शनिबार बिहान काठमाडौंमा राजवादीहरूको जुलुस निस्किएको छ। 

गणतन्त्र धोका भएको र दलका नेताहरू छोटे राजा भएको भन्दै सडकमा ‘छोटे राजा होसियार’ को नारा लागेको थियो। 

बिहान ११ बजे माइतीघर मण्डलाबाट सुरु भएको राजवादीहरूको जुलुस नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै पुगेर कोणसभामा परिणत भएको थियो। 

यहाँ राजतन्त्रको वकालत गर्दै डा. सुरेन्द्र भण्डारी, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र वकिल बालकृष्ण न्यौपानेले आफ्नो विचार राखेका थिए।

विभिन्न झाँकीसहित निस्किएको जुलुसमा ‘गणतन्त्रवादी होसियार, राजतन्त्रवादी जिन्दावाद’ को नारा लागेको थियो।

गत साता मंसिर १४ गते पनि काठमाडौंमा राजावादीहरूले जुलुस निकालेका थिए। आज झापा र चितवनमा पनि राजावादीहरूको ठूलो जुलुस निस्किएको थियो।

प्रकाशित मिति: : 2020-12-05 17:44:00

प्रतिकृया दिनुहोस्