ढाकाकुमार श्रेष्ठ अडियाे प्रकरण

रास्वपा सांसद ढाकाकुमारको अडियाे प्रकरणबारे के भन्छन् नागरिक ? (भिडियाे)

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो बाहिरिएपछि उक्त अडियो प्रकरणबारे प्रश्न उठेको छ। संसददेखि चिया पसलसम्म अडियो प्रकरणका बारेमा बहस छाइरहेको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको प्रकरणले लज्जाबोध गराएको बताएका थिए। उनले घटनाको तत्काल छानबिन गर्नुपर्ने मागसमेत गरे।

आइतबार सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि पार्टीले दुई करोड मागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग साे रकम सहयोग गर्न आग्रह गरेको अडियो सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि रास्वपाले सांसदलाई २४ घण्टे स्पटष्टीरकण सोध्दै निलम्बन गरेको छ।

अडियो बाहिर आएपछि सांसद श्रेष्ठले अडियोमा भएको आवाज आफ्नो नभएको दाबी गरिरहेका छन्। तर, मेडिकल व्यवसायी प्रसाईंले श्रेष्ठसँग कुरा भएको र उनले दुई करोड मागेको दाबी गर्छन्।

रास्वपाका सभापति लामिछानेले यदि सांसद श्रेष्ठले पैसा मागेको पुष्टि भएमा उनलाई कारबाही गर्ने र मन्त्री बनाउनका लागि कुनै सांसदसँग पैसा मागेको पुष्टि भएमा कारबाही भोग्न तयार भएको बताएका छन्।

अडियो प्रकरणको चर्चा चलिरहेको समयमा आम नागरिकको भनाइ के छ ? रविले मन्त्री बनाउन सांसदसँग पैसा माग्न सक्छन् ? वा अडियो प्रकरण वैशाख १० गते हुने उपनिर्वाचनको अवसर पारेर रविविरुद्ध प्रहार गरिएको हतियार मात्र हो ? केही नागरिकसँग सम्पक्षिप्त कुराकानी गरेको छौँ।

प्रस्तुत छ नागरिकको भनाइ जस्ताको त्यस्तैः

प्रकाशित मिति: : 2023-04-10 20:10:00

प्रतिकृया दिनुहोस्