नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वएआइजीको खुलासा: गृहमन्त्री हुँदा खाँणले नै छाडेका थिए पक्राउ परेका दलाललाई (भिडियाे)

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आफू गृहमन्त्री भएको बेलामा पक्राउ परिसकेका दुई अभियुक्तलाई राजनीतिक दबाब दिएर छुटाएको खुलासा भएको छ। नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञान शर्माले खाँणले गृहमन्त्री हुँदै यो ‘केस’ लुकाउन खोजेको बताएका हुन्।

उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का कानुनी सल्लाहकार इन्द्रजित राईको गिरोहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने काम गरिरहेको। र, त्यही समयमा एमाले सरकार ढलेर देउवा सरकार आएपछि बालकृष्ण खाँण पनि गिरोहको नजिक भएको उल्लेख गरेका छन्।

‘एमालेको सरकार ढल्यो, शेरबहादुरको सरकार आइसकेपछि हल्लीखल्ली भयो। कहाँ जाने? अब पैसा पनि देआछ। पैसा फिर्ता नहुनेहरुले प्रहरीकोमा उजुरी दिए, त्यतिखेर प्रहरीले दुई जनालाई समातेको छ है, दुई जना मान्छे समातेको छ,’ उनले टिकटक भिडियोमा भने, ‘यो, बालकृष्ण खाँण हुँदाखेरि पुरै राजनीतिक दबाबमा छोडेको छ।’

यता, खाँणकी श्रीमती मञ्जु खाँणले गिराेहबाट पाँच कराेड रकम बुझेकाे पक्राउ परेका अभियुक्तहरुले बयानका क्रममा भनिसकेका छन्।

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म कार्यवाहक सचिव टेकनारायण पाण्डेसहित रामबहादुर थापा ‘बादल’का सल्लाहकार राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङलगायत गरी ८ जना विक्राउ परेका छन्।

भने, टोपबहादुर रायमाझी, बादलका छोरा प्रतीक थापा फरार छन्।

प्रकाशित मिति: : 2023-05-08 14:15:00

प्रतिकृया दिनुहोस्