दीलिप कुमारको अवस्था गम्भीर

बलिउडका चर्चित नायक दीलिप कुमारको स्वास्थ्य अवस्था फेरि खस्किएको छ। ट्रेजेडी किङको उपनामले परिचित दीलिप ९८ वर्षमा प्रवेश गर्न  लागेको छन्। भारतीय अखबारले दिएको समाचार अनुसार पूर्व अभिनेत्री तथा उनकी श्रीमती सायरा बानोले यसको पुष्टी गरेकी छिन्। 

‘अहिले स्वास्थ्य अवस्था स्थिर छ। दशकौंदेखि उनको स्वास्थ्य हेरिरहेका चिकित्सकले उनको उपचार गरिरहेका छन्,’ भारतीय अखबारले भनेको छ। उनलाई अहिले हिँडडुल गर्न गाह्रो परेको छ। उनको इम्युनिटी पावर कमजोर भएको छ। 

११ डिसेम्बरमा उनी ९८ वर्षमा प्रवेश गर्देछन्। दीलिपको वास्तविक नाम मोहम्मद युसुफ खान हो। उनले ५० भन्दा बढी बलिउड फिल्ममा काम गरेका छन्। 

उत्कृष्ट अभिनयका लागि उनले ८ वटा अवार्ड जितेका थिए। उनले हिन्दी सिनेमाको सबैभन्दा ठूलो अवार्ड दादा साहेब फाल्के अवार्डबाट सम्मानित गरिएको थियो। यस्तै, २०१५ मा भारत सरकारले पनि पद्मभूषणबाट सम्मान गरेको थियो।
 

प्रकाशित मिति: : 2020-12-07 16:16:00

प्रतिकृया दिनुहोस्