‘आशिकी’ फिल्मका हिरो राहुल रोयलाई स्वस्थ्य लाभ

९० को दशकको चर्चित फिल्म ‘आशिकी’ का हिरो राहुल रोय स्वास्थ्य लाभ गरेर घर फर्किएका छन्। उनको बहिनीले यसको जानकारी दिँदै सोसल मिडियामा फोटो पोस्ट गरेकी छिन्। 

बहिनीको तर्फबाट सबैलाई धन्यबाद भनिएको छ। राहुलले पनि परिवार, साथीभाई तथा प्रशंसकलाई धन्यबाद भनेका छन्। 

उनले छिट्टै काममा फर्किने बताएका छन्। ५२ वर्षीय राहुललाई हालै कारगिलमा ‘एलएसीः लिव द बेट’ को सुटिङ गर्न जाने क्रममा ब्रेन स्ट्रोक भएको थियो। उपचारका लागि उनलाई एयरलिफ्ट गरेर कारगिलबाट मुम्बई पुर्याइएको थियो। 

उनले कारगिलमा सुटिङ गर्दा त्यहाँको तापक्रम १२ डिग्री भएको बताइएको छ। कारगिलको छेउछाउ गलवान उपत्यकामा केही महिनाअघि भारत र चीनको सेनाबीच तनाव भएको थियो।

 यसमा २० भारतीय सेनाको निधन भएको थियो। यही कहानीमा आधारित फिल्मको निर्देशन नितिन कुमार गुप्तमले गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-12-07 19:25:00

प्रतिकृया दिनुहोस्