हेराल्ड कलेज

हेराल्ड कलेजकाे विद्यार्थीलाई धम्की : 'फि'तिर्छस् कि आईडी ब्लक गरिदिउँ

Breaknlinks
Breaknlinks

काठमाडौंकाे सानाे गाैचरनमा रहेकाे हेराल्ड कलेजले भर्ना लिने बेलामा विभिन्न प्रलोभन र आवश्वासन देखाएर विद्यार्थी बटुल्ने र पछि आएर शुल्क बुझाउन केही समय ढिला भएमा विद्यार्थीलाई धम्काउँदै ‘ब्ल्याकमेल’ गर्ने गरेको तथ्य फेला परेको छ।

हेराल्ड कलेज काठमाडौंले सात दिनभित्र 'फि' नतिरे विद्यार्थीलाई निष्कासन गर्ने तथा युनिभर्सिटीको आइडी बल्क गरिदिने गर्ने चेतावनी दिएको हो। विद्यालयले धम्कीपूर्ण शैलीमा विद्यार्थीको फोनमा गालीगौलजसहित एसमेस पठाएर मानसिक तनाव दिने जस्ता कार्य गरेको पाइएको हो।

विद्यालयको शैक्षिक शुल्कका लागि अभिभावकसँग परामर्श गर्नुको साटो आफ्नै विद्यार्थीको पढाइमा असर पुग्ने गरी तनाव दिएपछि विद्यार्थीहरुमा निराशा छाएको छ।

एक विद्यार्थीले नाम नबताउने सर्तमा भने, ‘शैक्षिक शुल्क अभिभावकले तिर्ने हो, हामीले अभिभावक समक्ष कुरा पुर्‍याउने हो। तर, विद्यार्थीको पढाइ जे सुकै होस् कुनै प्रवाह नगरी विद्यालय कसरी हुल्छ शुल्क उठाउने तर पढाइमा ध्यान नदिने गरेका कारण हामी तनावमा छौं।’

परीक्षाको मुखमा यस्तो तनाव आउँदा झनै समस्या उत्पन्न भएको उनले बताए। ‘विद्यालयको बेथितिबारे बोल्दा छानी–छानी कारवाही गर्न विद्यालय लागि पर्छ’, उनले भने, ‘नाम बतायो झनै समस्या दिन्छ। यो विद्यालय हो कि तनावलय ?’

विद्यालयले यसअघि परिक्षामा शुल्क दिन ढिलो हुनेलाई कार्यालयमा उभियाएर मानहानी गरेको विद्यार्थीहरुले गुनासो गरेका छन्।

त्यसो त विद्यालयको हर्कत यतिमै सिमित छैन, कोरोना कहरमा पनि शिक्षकलाई कोरोना लाग्दा समेत केश लुकाएर पठनपाठन सञ्चालन गरेको थियो। सो बारे समाचार आएपछि सत्य कुरा बोल्नुको साटो मिडियामा समाचार दिने विद्यार्थीबारे खोजीनिती गरेको थियो।

व्यवस्थापन समितिका अध्यक्ष/सिईओ प्रकाश श्रेष्ठले ठाडै ईमेलमार्फत् विद्यार्थीलाई विद्यालयको बेथिती बाहिर नल्याउन चेतावनी दिएका थिए।

विद्यार्थीले विद्यालयको समस्याबारे बुझ्दा, ‘तैँले यसरी सिईओलाई मेल गर्ने हो ? मलाई मतलव छैन तैँले फि तिरिस् कि तिरिनस् तलाई पढ्न मन छैन भने मेरो कलेजबाट निस्केर जा’ भनेका थिए।

(तस्बिर हेर्नुहोस)

पढेर केही गरोस् भन्ने उदेश्य राखेपनि विद्यालयको मनोवैज्ञानिक टचरले विद्यालयमा छोरा-छोरीलाई पठाउन डर लागेको एक अभिभावक बताउँछन्। ‘होला कोरोना कहरले विद्यालय थलथलियो,’ उनले भने, ‘हामी पनि समस्यामा पर्यौ, पैसा भइ-भइ नदेको हो र ? विद्यालयले अभिभावकको पिर मर्का बुझ्नु पर्दैन्।’

उनले विद्यालय पैसामुखीभन्दा पनि ज्ञानको ज्योती छर्ने थलो हुनुपर्ने बताए। ‘पैसा हामीले दिन्नौ भनेकै छैनाैँ, तर हाम्रो समस्या पनि बुझुदिनु पर्यो। सहमतीको बातावरण बनाए यो कुनै ठूलो समस्या नै हाेइन, स्कुलले मेरै गोरुको बाह्रै टक्का गर्नु त भएन नि।’

यस विषयमा बुझ्न खाेज्दा कलेज प्रशासनले आफ्नाे बचाउँ गर्दै कहिलै पनि त्यस्ताे नगरेकाे बताएकाे छ।

‘हैन, हैन। हामीले कहिलै पनि त्यस्ताे गरेका छैनाैँ, लामाे समयदेखि हामीले पढाउँदै आएका छाैँ अहिलेसम्म कसैले केही गुनासाे गर्नुभएकाे छैन,’ कलेजकी शिक्षिका तारादेबी सुवेदीले भनिन्,‘कसैले रिसिबी देखाएर यस्ताे गरेकाे छ भने हामीले भन्नु केही छैन।’

प्रकाशित मिति: : 2022-04-15 20:38:00

प्रतिकृया दिनुहोस्