कृती सेननलाई कोरोना संक्रमण

नायिका कृती सेननले आफूलाई कोरोना संक्रमण भएको छ। 

सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफूमा कोरोना पुष्टि भएको जानकारी दिएकी हुन्।

यद्यपी, आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन्।

नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन्। कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन्।

कृतीले आफू कोरोनामुक्त भएपछि काममा फर्किने उल्लेख गरेकी छिन्। 

प्रकाशित मिति: : 2020-12-09 15:59:00

प्रतिकृया दिनुहोस्