बिएल समाचार प्रभावः सिरहाको निजी अस्पतालको अनुगमन हुने (भिडियो)

अन्ततः जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले सम्बन्धित निकायलाई लहान र धनगढीका सबै निजी अस्पताल अनुगमन गर्न लिखित निर्देशन दिएका छन्।

प्रमुख जिल्ला अधिकारी कँणेलले तीन दिनभित्र अनुगमन गरि प्रतिवेदन बुझाउन ईलाका प्रशासन कार्यालय लहानलाई लिखित निर्देशन दिएका हुन्। 

अनुगमनको बिषयलाई लिएर बुधबार ईलाका प्रशासन कार्यालय लहानका कार्यालय प्रमुख प्रेम प्रसाद देवकोटाको सयोजकत्वमा बैठक बसेको थियो। 
 
कार्यालय प्रमुखको कार्यकक्षमा बुधबार करिब डेढ घण्टा चलेको अनुगमन सम्बन्धी बैठकमा ईलाका प्रहरी कार्यालय लहानका तर्फबाट प्रहरी निरीक्षक सुवास खतिवडा, लहान नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख राम सुन्दर यादव, उद्योग वाणिज्य संघ लहानका सदस्य प्रदिप कुमार गुप्ता, श्रेया पोलिक्लिनिक प्रालि, लहानकी डा सुशिला सिंह, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर प्रसाद गुप्ता, बिएल नेपाली सेवाकर्मी सन्तोष बराइली लगायतको उपस्थिती थियो।

बैठकले तीन दिनभित्र अनुगमनका लागि सबै अस्पताल, आधिकारीक कागजपत्र संकलन गरि अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कणेँल समक्ष बुझाउने निर्णय गरेको छ।

सिडिओ आफैँले गोप्य अनुगमन गर्ने

प्रमुख जिल्ला अधिकारी कणेँलले आफै गोप्य रुपमा सबै अस्पतालको अनुगमन गर्ने तयारी गरेको स्रोतको दाबी छ। 

स्रोतका अनुसार यसअघि भएका अनुगमन आर्थिक चलखेलका कारण प्रभावित हुँदा कुनै पनि अस्पतालमा कार्वाही भएको थिएन। त्यसैले सिडियो आफै बिरामी बनेर, औषधी किन्ने ग्राहक बनेर गोप्य ढंगले अनुगमनमा उत्र्दैँछन्। 

गोप्य अनुगमनका लागि अत्याधुनिक क्यामरावाला पेनहरु जिल्ला प्रशासन कार्यालय सिरहाले मगाइसकेको बताइएको छ। उनको अनुगमन टिममा प्रदेश दुई मै पहिला नआएका प्रधानमन्त्री कार्यालय मातहतका अधिकृतहरु र केही खोज पत्रकारको टोली खटिने पनि बताइएको छ।

बिएलको समाचार प्रभाब

सिरहाको प्रमुख ब्यापारिक नाका लहानस्थित डिभाइन केयर अस्पतालमा डेलिभरी गराउन आएकी सुखिपुर बैसाखाकी २७ वर्षीया आरती साहको चिकित्सकको लापरवाहीका कारण ज्यान गएपछि मृतकका आफन्त आन्दोलनमा मात्रै उत्रिएनन्, चक्काजाम नै गर्न मैदानमा उत्रिए।

सिरहाका हाईवे छेउका प्रायः निजी अस्पतालमा पैसा कमाउँ धन्दाको बारेमा बिएल नेपाली सेवाले नामै किटेर ‘लहानका निजी अस्पताल बने मान्छे मार्ने बधशाला’ शिर्षकमा लेख प्रकाशित गरेको थियो।

प्रकाशित मिति: : 2020-12-10 14:59:00

प्रतिकृया दिनुहोस्