नेपालगञ्‍ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार 

बाँकेको राझाँस्थित नेपालगञ्‍ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार गरिएको छ।  

एकैपटक ६ वटा विमानलाई पार्किङ गर्न सक्ने गरि क्षेत्र विस्तार गरिएको हो।  

अब विमास्थलमा एटिआर ७२ देखि एयरबस ३२० सम्मका विमानहरू पार्किङ गर्न सहज हुनेछ विमानस्थल प्रशासनले बताएकको छ।  

उक्त क्षेत्र कुल २८ करोड ५३ लाख लागतमा कार्य सम्पन्न भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्‍ज कार्यालयका प्रमुख प्रेम नाथ ठाकुरका अनुसार यस्तै विमानस्थलको बहृत गुरुयोजना समेत स्वीकृत भइसकेको छ। 

त्यसको लागि ४ अर्ब बजेट लाग्ने अनुमान गरिएको हो।  

उक्त रकममा अत्याधुनिक सुविधा सम्पन्न नयाँ टर्मिनल भवन र रनवे विस्तार  गरिनेछ।  

दुई वटा विमानस्थललाई  क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ नेपाल सरकारले मास्टर प्लान स्वीकृत गरेको हो। 

नेपालगञ्जसँग विराटनगर विमानस्थलको निर्माणको लागि सरकारले बजेट प्रदान गरेको प्रमुख ठाकुरले बिएल नेपाली सेवालाई जानकारी दिए। 

हाल नेपालगञ्‍ज विमानस्थलको रनवे चौडाइ ३० मिटर र लम्बाइ १ हजार ५ सय २४ मिटर रहेको छ। 

‘आगामी फागुनसम्ममा थप २०० मिटर धावनमार्ग विस्तारको  हुन्छ। अब १ हजार ७ सय २४ मिटर पुराइने छ,’ उनले भने। 

हाल नेपालगञ्‍ज विमानस्थलबाट दैनिक ४० वटा सरदर उडान हुँदै आएको  पनि उनको भनाइ छ।  

नेपालगञ्‍ज विमानस्थलबाट दैनिक करिब १ हजार ५ सय यात्रुले हवाई यात्रा गर्दै आएको तथ्यांक छ।  

अहिले नेपालगञ्‍ज विमानस्थलको क्षेत्र १ सय ६६ बिघाहामा रहेको छ।  

प्रकाशित मिति: : 2020-12-11 12:09:00

प्रतिकृया दिनुहोस्