अन्तिम पटक विवाह गर्न तयार नायिका एन्डरसन

नायिका पामेला एन्डरसन पुनः विवाह गर्न तयार रहेको जनाएकी छिन्। आफूले टमी ली, रिक सालोमोन र किड रकसँग मात्र विवाह गरेको बताएकी छिन्। 

विवाह नगरी सँगै बस्ने पुरुष पति हुन् नसक्ने विचार राख्ने नायिका एन्डरसन एक पटक अन्तिम विवाह गर्न तयार रहेको बताउँछिन्। 

१ जुलाई १९६७ को दिन लेडी स्मिथ, क्यानाडामा जन्मेकी नायिका स्मिथ यौन सम्बन्धि आफ्नो खुला विचारको कारण पनि चर्चित छिन्।

आकर्षक शरीरकी यी नायिकाको बोल्ड दृश्यले दर्शकहरुको ध्यान खिच्दै आएको छ। 

बे वाच सिरिजको सिनेमाबाट चर्चामा आएकी नायिका एन्डरसनले अभिनय गरेका अन्य सिनेमाहरुमा र जस्टिस, न्याकेड सोल, सिटि हन्टर, द पिपुल गार्डेन, शो गर्ल्स आदि रहेका छन्।

प्रकाशित मिति: : 2020-12-12 17:05:00

प्रतिकृया दिनुहोस्