शुक्रबार, ११ जुलाई २०२५

मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2021-11-26 12:41:00
Photo : NK
• • •

आईसीसी महिला टी-२०  विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ।

दुबईमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। यससँगै मलेसियाले इनिङको सुरुवात गरिसकेको छ।

नेपाल आजको खेल जित्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ। मलेसियाविरुद्धको जितले नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ।

३ खेल खेलेको यूएई ६ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ। यसअघि नेपाल हङकङसँग पराजित भए पनि भुटान र कुवेतलाई भने हराएको थियो 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?