‘द डर्टी पिक्चर’ की अर्की अभिनेत्री आर्याको निधन

विधा बालन अभिनित फिल्म ‘द डर्टी पिक्चर’ मा अभिनय गरेकी अर्की अभिनेत्री आर्या बनर्जीको निधन भएको छ। 

शुक्रबार कोलकातास्थित आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेकी थिइन्। भारतीय समाचार एजेन्सीका अनुसार फोरेन्सिक एक्सपर्टले आर्याको नाकबाट रगत र उल्टी भएको प्रमाण भेटाएका छन्। 

आर्या ३३ वर्षकी थिइन्। उनी आफ्नो कुकुरसँग एक्लै बस्थिन्। उनको बहिनी सिंगापुरमा छिन्। 

आर्याको कोठाबाट रक्सीको धेरै बोतल बरामद भएको बताइएको छ। स्थानीय प्रहरीले समाचार एजेन्सीलाई दिएको सूचना अनुसार उनको घरमा दैनिक काम गर्न एकजना महिला आउने गर्थिन्। 

शुक्रबार पनि उनी काममा आउँदा ढोका नखुलेपछि उनले मोबाइलमा फोन गरेकी थिइन्। मोबाइलबाट पनि कुनै प्रतिक्रिया नआएपछि छिमेकीको सहयोगले प्रहरीलाई जानकारी दिएको बताएका छन्। 

प्रहरीले घटनास्थलमा पुगेर भित्रबाट बन्द भएको कोठा खोल्न ढोका फोडेका थिए। प्रहरीका अनुसार आर्य केही दिनदेखि आफ्नो खाना पनि डिलिभरीमार्फत मगाइरहेकी थिइन्। 

आर्या सितारवादक निखिल बन्दोपाध्यायको छोरी हुन्। उनको वास्तविक नाम देवदत्ता बनर्जी हो।

उनले ‘द डर्टी पिक्चर’ बाहेक ‘एलएसडीः लव सेक्स और धोखा’ मा पनि काम गरेकी थिइन्। उनले मुम्बईमा बसेर केही समय मोडलिङ पनि गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-12-12 21:44:00

प्रतिकृया दिनुहोस्