तराई–मधेशमा बढ्यो चिसो (फाेटाे/भिडियाे)

तराई–मधेशमा आइतबारदेखि निकै चिसो बढेको छ। हुनत मंसिर २४ देखि नै यहाँ सितलहर सुरु भएको हो। 

यहाँ सितलहर २४ गतेबाट सुरु भएको थियो।

सिरहा, भालुवाही निवासी बरिष्ठ पत्रकार चन्द्रदेव कामतीले बिएल नेपाली सेवासँग भने, ‘सितलहर त थियो। आजबाट जाडो दोब्बर बढेको छ। तर, जाडोबाट बच्ने तयारी कसैले गरेको पाइदैन।’ 

स्थानीय सरकारले अहिलेसम्म सितलहरमा मानिस मर्न नदिन कुनै वैकल्पिक उपाय अपनाएको देखिदैन।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले सबै स्थानीय तह र सबै वडालाई सितलहर र जाडोबाट प्रभावित हुनसक्ने वर्ग र व्यक्तिको पहिचान गरि तथ्यांक उपलब्ध गराउन निर्देशन दिएका थिए।  

तर कसैले पनि उपलब्ध गराएनन्।

प्रकाशित मिति: : 2020-12-13 21:30:00

प्रतिकृया दिनुहोस्