नेपालगञ्ज

गठबन्धन भत्कियो, माओवादीले एक्लै चुनाव लड्ने

नेकपा (माओवादी केन्द्र) नेपालगन्ज सत्ता गठबन्धनबाट बाहिरिएको छ। 

वैशाख ३० गते हुन लागेको स्थानीय तहकाे निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच मिलेर चुनावमा जाने निर्णय भएको थियो। तर नेपालगञ्जमा गठबन्धनको मूल उद्देश्य विपरित अन्य दलहरू गएकाले आफूहरू गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्र नेपालगञ्ज नगर अध्यक्ष रतन शाहीले जनाएका छन्।

मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीले पाउने गरी केन्द्रबाट भागबन्डा भएकाे छ। सोहिअनुसार वडामा पनि गठबन्धन गर्ने भनिएपनि कांग्रेस र जसपाले एक्ला–एक्लै चुनावमा चाहेपछि गठबन्धनबाट बाहिरिनु परेको अध्यक्ष शाहीले बताएका छन्।

नेपालगञ्जमा २३ वटा वडा छन्। अब प्रमुख र उप्रमुखसहित सबै वडामा एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2022-04-23 18:29:00

प्रतिकृया दिनुहोस्