गोलीगाँठोमा गम्भीर चोट लागेपछि नेयमार मैदानमै पीडाले चिच्याइरहे....

बिएल संवाददाता

काठमाडाै‌ं

पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार पुन घाइते भएका छन्।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत पार्क डि प्रिन्सेसमा आइतबार राति भएको खेलमा उनी घाइते भएका हुन्। 

इन्जुरी समयको नवौँ अर्थात ९९ औँ मिनेटमा मेन्डेस रिबेइरोले उनलाई खराव ट्याकल गरेका थिए। गोलीगाँठोमा गम्भीर चोट लागेपछि नेयमारलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लैजानु परेको थियाे ।

नेयमारलाई चाेट बाेकाएपछि मेन्डेसलाई रेफ्रिले सुरुमा पहेलो कार्ड देखाएपनि भिएआरको सहायता लिदै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।

चोटग्रस्त भएका नेयमार मैदानमा लडेर पीडामा चिच्याएका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएकाे थियाे।

नेयमारको चोटको गम्भीरता थाहा पाउन परीक्षण भइरहेको पिएसजीका प्रशिक्षक थोसम टुसिलले बताएका छन् ।

यद्यपी याे खेलमा पीएसजी जित निकाल्न असक्षम भयाे। बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा पीएसजी घरेलु मैदानमै लियोनसँग १–० ले स्तब्ध बन्याे। 

३५औं मिनेटमा टिनो काडेवेरले गोल गर्दै लियोनलाई अग्रता दिलाए । उनले कार्ल टोको इकाम्वीके पासमा गोल गरेका थिए । 

पराजित भएको पिएसजी १४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा झरेको छ । २९ अंकसहित लियोन दोस्रो तथा लिले पहिलो स्थानमा छ ।

प्रकाशित मिति: : 2020-12-14 07:16:00

प्रतिकृया दिनुहोस्