सुरेन्द्र रेग्मी
तिमी मेरो आँट हौ,
तिमी मेरो शक्ति हौ तर तिम्रो अगाडि पर्दा म निर्बल नबनम
तिमी प्रष्ट छौ,
तिमी बुझकी छौ तर तिम्रो अगाडि पर्दा म अज्ञानी नबनम
तिमी अरुलाई सुझाउछाै,
तिमी अरुलाई जगाउछाै तर तिम्रो अगाडि पर्दा म आफैँलाई नगुमाम
तिमी बलिरहेको दियो हौ,
तिमी चम्किरहेको सूर्य हौ तर तिम्रो अगाडि पर्दा म भष्म नबनम
तिमी मेरो सुरु हौ,
तिमी मेरो अन्त्य हौ तर तिम्रो अगाडि पर्दा म आफ्नो यात्रा नभुलम
तिमी शितल छहारी हौ,
तिमी सलल बग्ने गंगा हौ तर म प्रचण्ड गर्मीमा पनि पानीमा नडुबम
तिमी मेरो प्रेरणा हौ,
तिमी मेरो विश्वास हौ तर तिम्रो अगाडि पर्दा म मेरो आत्मविश्वास नगुमाम
तिमी फूल हौ,
तिमी सुगन्ध हौ तर म भमरा भई जाँदा काँडाले डसेर घाइते नबनम
तिमी प्रकाश हौ,
तिमी ज्योती हौ तर तिम्रो अगाडि पर्दा म नेत्रहीन नबनम
तिमी ओखती हौ,
तिमी सञ्जिवनी बुटी हौ तर तिम्रो अगाडि पर्दा म रोगी नबनम
तिमी मेरो सहारा हौ,
तिमी मेरो धरोहर हौ तर तिम्रो अगाडि पर्दा म बिचरा नबनम
तिमी मेरो ध्वनी हौ,
तिमी मेरो आवाज हौ तर तिम्रो अगाडि पर्दा म नि:शब्द नबनम
तिमी मेरो शान्ति हौ,
तिमी मेरो सुरक्षा हौ तर तिम्रो अगाडि पर्दा म भयवित नबनम
त्यसैले त प्रिय तिमी मेरो पर्छाई हौ!!!
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया