१२ वटा विषयमा पोस्ट ग्य्राजुएट गर्ने भारतीय महिला

एउटा व्यक्तिले कति विषयमा डिप्लोमा गर्न सक्छ? यो प्रश्न तपाईंहरूलाई सोधेको खण्डमा, विभिन्न उत्तर आउनसक्छ– पाँच–छ–सात। कसैले त्यति कै अन्दाज गर्दा पनि १० भन्दा बढी भन्ने आँट गर्दैनन्। 

तर होइन, भारतमा एक जना महिलाले आफ्नो अध्ययनलाई लिएर कीर्तिमान नै स्थापित गरेकी छिन्। 

उनले पोस्ट ग्य्राजुएट र डिप्लोमा कोर्ष मात्र १२ वटा विषयमा गरेकी छिन्। उनी सर्वाधिक कोर्ष गर्ने भारतीय समेत बन्न सफल भएकी छिन्। रोचक कुरा, उनले एउटै विश्वविद्यालयबाट नभएर भिन्न विश्वविद्यालयबाट विभिन्न विषयमा पोस्ट ग्य्राजुएट गरेकी हुन्। 

उनले इंग्लिस साहित्य, संस्कृत साहित्य, संगीतको तीनवटा रुप, भरतनाट्यम, योगा, मानवशास्त्र र पब्लिक एडमिनिस्ट्रेशन जस्ता विषयमा अध्ययन गरेकी थिइन्। 

उनले तीन दशक कालिकट बालिका उच्च माध्यमिक विद्यालयमा अध्यापन गराएकी थिइन्। यसपछि उनी बाबुराज स्मृति संगीत एकेडेमीकी प्रधानाध्यापिकामा नियुक्त भएकी थिइन्। 

उनले हालसम्म एक उपन्यास र कविता प्रकाशित गरिसकेकी छिन्। उनको नाम हो, डा. केएस त्रिसा। 

उनी दक्षिण भारतको केरल राज्यको कझिकटबाट प्रतिनिधित्व गर्छिन। उनले केरलको कलामण्डलम डिम्ड विश्वविद्यालयबाट संगीत विषयमा डाक्टरेट गरिसकेकी छिन्। 

उनको तीन छोरा–छोरी छन्। उनलाई हालै युनिभर्सल रेकर्ड फोरमले १२ वटा विषयमा पोस्ट ग्य्राजुएट र डिप्लोमाको अध्ययन पुरा गरेको भन्दै सर्टिफिकेट उपलब्ध गराएको थियो। जसमा उनी यो उपलब्धी हासिल गर्ने भारतको पहिलो महिला बताइएको छ।

प्रकाशित मिति: : 2020-12-14 13:11:00

प्रतिकृया दिनुहोस्