तीन प्रश्न–४

सहकारी विभागलाई प्रश्न : बचतकर्ताको पैसा कहिले फिर्ता दिने?

उमेश थापा

काठमाडौं

पछिल्लाे समय सहकारीहरुमा पैसा बचत गरेर राख्नेहरूकाे संख्या घट्दै गइरहेकाे छ। जसकाे कारण सहकारी नै बनेकाे छ। बचतकर्ताले चाहेकाे समयमा सहकारीबाट रकम निकाल्न पाउँदैनन्। जसकारण सहकारीप्रति बचतकर्ताकाे विश्वास पनि घट्दै गएकाे छ। 

बचतकर्ताले बचत गरेर राखेकाे पैसा निकाल्न खाेज्दा सहकारीले विभिन्न बाहना बनाएर टारिदिन्छन् अनि पैसा नदिइकन नै सहकारीहरू कुलेराम ठाेक्छन्। 

आफूले खाईनखाई गरेर बचत गरेकाे पैसा लिएर सहकारी भाग्दा बचतकर्ताले रकम फिर्ता पाउने आशमा सहकारी विभागमा उजुरी पनि दिइरहेका छन् तर सहकारी विभागले के गरिरहेकाे छ त? साेही सन्दर्भमा सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले सोधेका तीन प्रश्न– 

सहकारीहरुले जनताहरुको बचत रकम पनि फिर्ता गर्न सकेको छैन? यस्तो हो भने बचतकर्ताले सहकारीलाई विश्वास गर्ने छाड्छन्, सहकारीले बचतकर्ताको पैसा फिर्ता दिनुपर्दैन र?

अहिले धेरै सहकारी संस्थाहरु विर्षे वर्ष कारोबार गरेकाे भएपनि त्यस्ताे देखिएको छ। सहकारीहरुले बचतकर्ताको रकम फिर्ता त गर्दै छन् तर, कम मात्रमा गर्दैछन्। अहिलेको अवस्थामा बजारमा पैसा नउठ्ने, बजारमा पैसा पनि कम देखिएको छ। होला कति सहकारीहरुमा यस्तो अवस्था छन् तर हामीकहाँ आएर उजुरी दिनुपर्छ। हामी अहिले जनताको पैसा डुब्न नदिन अनुगमनलाई तिव्रगतिमा अगाडि बढाइरहेका छौं। यस्तो भन्दा राम्रो सञ्चालन भएका सहकारीलाई असर पर्न पनि सक्छ। चाडपर्व नजिकिदैं गर्दा सहकारीहरुले बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ। मानिसहरुले बचत गरेकै भविष्यका लागि हाे। यस सन्दर्भमा म सम्पूर्ण सहकारी संस्थाहरुलाई बचतकर्ताको रकम फिर्ता गर्न अनुरोध गर्दछु। हुने र राम्रोसँग सञ्चालन भएको सहकारी संस्थाहरुले बचतकर्ताको रकम फिर्ता गरिरहेको छ। तर, पछिल्लो समय नेपालमा सम्रग अर्थतन्त्रमा नराम्रो प्रभाव देखिएपछि हामीले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई यस क्षेत्रमा निति नियम मार्फत काम अगाडि बढाउन भनेका पनि छौं। चाडपर्व पनि नजिक आइसकेकाे छ। त्यसैले बचतकर्ताको रकम फिर्ता गर्नेपर्छ र बचतकर्ताहरुले पनि चाडपर्व मनाउनुपर्छ। जनताको पैसा त्यत्तिकै डुब्दैन र डुब्न पनि दिँदैन। हामीले सहकारी सञ्चालकहरुलाई राम्रो पारदर्शित ढंगबाट सञ्चालन गर्न भनेर निर्दैशन पनि दिएका छौं। आशा छ अब आउने दिनमा सहकारीहरु सहि ट्याकमा आउने छन्। 

अहिले डुब्न लागेकाे र डुबिसकेकाे सहकारीका सञ्चालक, पदाधिकारी, केन्द्रीय कार्य समितिका सदस्यहरुबाट आफ्नो नाम हटाइदिन सहकारी विभाग पुगिरहेकाे छ? 

डुब्न लागेकाे र डुबिसकेकाे सहकारीका सञ्चालक, पदाधिकारी, केन्द्रीय कार्य समितिका सदस्यहरुकाे नाम हटाएको छैन। त्यसरी हटाउन पनि हुँदैन। त्यो हटाएपछि कसलाई राख्ने? प्रथममा सहकारी सञ्चालकहरु यस्तो काममा अगाडि अग्रसर हुनु हुँदैन। सहकारी सञ्चालकहरुले बचतकर्ताहरुलाई  पारदरर्शिता, सबै सदस्यहरुलाई समेटेर काम गर्नुपर्छ। आफ्नो नाम परिर्वतन गर्न छाडेर सहकारीलाई कसरी हुन्छ राम्रो, भरपर्दो  बनाउनुपर्छ। त्यसले गर्दा बचतकर्ताहरुले बचत गर्छन् र सहकारीहरुलाई उठ्न पनि ग्राह्राे हुँदैन। सहकारी सञ्चालकहरुको निर्णय गर्दा सदस्यहरु पनि जान आवश्यक देखिन्छ। जसले गर्दा बचतकर्तालाई आफैंले बचत गरेको सहकारीको बारेमा सम्पूर्ण ज्ञान हुन्छ। त्यसो गर्दा बचतकर्ताको रकम पनि डुब्दैन र सञ्चालकहरुले पनि राम्रोसँग काम गर्छन्।

यो महिना मात्र कति उजुरी आएका छन्? कारवाहीको लागि सहकारी विभाग के गर्दैछ?

हो, अहिले हामीकहाँ उजुरी हाल्न बचतकर्ताहरू आइरहेका छन्। तर हामीले हामीले सहकारीकाे नामै चाहिँ ताेक्न मिल्दैन। मानिसहरु दिनहुँजसो उजुरी लिएर यहाँ आउने गर्छन्। उजुरी आउने बित्तिकै सुरुमा हामीले अनुगमन गछौं र हामीले त्यस सहकारीका सञ्चालक र पीडित पक्षबीच भेटवार्ता पनि गराइदिन्छौं। अनि हामी सहकारी सञ्चालक र पीडित पक्षको निष्कर्षको आधारमा अगाडि बढ्छौं। उजुरी आउने बित्तिकै सहकारी खराब भन्ने त होइन। तर, बाहिर बजारमा त्यसरी हल्ला हुँदा दुःख पनि लाग्छ। यहाँ आएका उजुरीहरु हामीले सिंहदरबार पुप्याउँछौं। त्यहाँ मन्त्रालयबाट जसरी कारवाही गर्नु भनेर आउँछ हामीले त्यसैअनुुसार सहकारीलाई कारवाही गछौं। बजारमा केहि मात्रामा सहकारीहरु यस्तो भएको हो। राम्रो, भरपर्दो, सहकारीहरु पनि बजारमा प्रशस्तै छ। बजारमा नराम्रो हल्लाले गर्दा पनि सहकारीहरुलाई असर परेको जसतो लाग्छ।

प्रकाशित मिति: : 2022-09-25 18:30:00

प्रतिकृया दिनुहोस्