सिरहामा चिसोको कारण चारजनाको मृत्यु (भिडियाे)

सिरहामा चिसोको कारण गएराती चारजनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा बरियरपटी गाउँपालिका ५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव,  मिर्चैया नगरपालिका ११ गदहवाका २५ वर्षीय अरूण कुमार यादव रहेका छन् । 

त्यस्तै, कर्जन्हा नगरपालिका ३, बन्दिपुरका ७० वर्षीय बिल्टु महतो र कर्जन्हामै मृत्यु भएका एकको भने पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिल्टु महतोको भने गोठमा घूर ताप्ने क्रममा मृत्यु भएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेँलले सचेतना अपनाएर चिसोको प्रतिकार गर्न जिल्लाबासीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-12-15 11:42:00

प्रतिकृया दिनुहोस्