फोर्ब्स सूचि: अक्षय सर्वाधिक कमाउने सेलिब्रिटी

बलिउडका बाेश अक्षय कुमार सर्वाधिक कमाउने सेलिब्रिटीको फोर्ब्स सूचिमा समावेश भएका छन्।

३ सय ५६ करोड भारुसहित उनी यो सूचिमा समावेश भएका हुन्। अक्षयको आम्दानी ४८.५ मिलियन डलर रहेकाे छ। अक्षय सूचिको ५२ औं नम्बरमा छन्।

फोर्ब्सले वर्षेनी संसारको मनोरञ्जन उद्योगमा सर्वाधिक कमाउनेको सूचि तयार पार्छ।

याे सूचीमा पर्ने उनी एकमात्र एक बलिउड अभिनेता हुन्। 

फोब्र्सका अनुसार अक्षयमाथि आगामी दुई फिल्म ‘बच्चन पाण्डे’ र ‘बेल बटम’मा निर्माताले १३ मिलियन डलर लगानी गरेका छन्।

उनी अहिले ‘पृथ्वीराज’ छायांकनमा व्यस्त छन्। ‘बेलबटम’ सुटिङ सकिएको छ। अतरङ्गी रे, सूर्यवंशी, रामसेतु, रक्षा बन्धन लगायतका उनले अभिनय गरेकाे फिल्म रिलिजका लागि तयार छन्।

प्रकाशित मिति: : 2020-12-18 13:00:00

प्रतिकृया दिनुहोस्