श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
बिएल संवाददाता
गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका लागि मोहन चापागाईंले टिकट पाइसकेका थिए। पार्टीभित्र त्यतिबेला दुई खेमा रहेका कारण नेता घनश्याम भुसालले चापागाईंलाई उम्मेदवार बनाउने पार्टीको निर्णय फिर्ता गराए र उनैको योजनामा वासुदेव घिमिरेले मेयरको टिकट पाए र चुनाव जिते। दुवैजना अहिले पार्टीमा विष्णु पौडेल निकट मानिन्छन्।
एमाले जिल्ला कमिटीले चापागाईंको पक्षमा त्यतिबेला सर्वसम्मत निर्णय गरेको थियो। अहिले पार्टीले आफूलाई न्याय गर्ने लक्ष्यका साथ चापागाईं टोलटोलमा चुनावी माहौल बनाउन सक्रिय छन्।
त्यसो त विगतमा चापागाईंले हात पारेको टिकट फुस्काउन सफल भएका हालका मेयर वासुदेव घिमिरेको चाहना पनि मेयरमा दोहोरिने छ। तर, उनले संघीय सांसदको टिकट पाउने ग्यारेन्टी भए मेयरको दावी छाड्ने चर्चा कार्यकर्तापंक्तिमा छ।
अर्कोतर्फ सत्तारुढ गठबन्धनबाट भने चारजनाले मेयरको दावी गरिरहेका छन्। अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका गुणनिधि भण्डारी (माधव) र तिलोत्तमा वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले मेयरको दावी गरिरहेका छन्। कांग्रेसबाट रोमणिप्रसाद पाठकको पनि चर्चा छ। तर, उनी अस्वस्थ रहेकाले सम्भावना कम रहेको अधिकांश कार्यकर्ता बताउँछन्।
विरासत कायमै राख्ने दाउमा एमाले
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईं २०४६ सालको जनआन्दोलनमा यस क्षेत्रबाट विद्यार्थी संगठनको नेतृत्व गरेका थिए। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको अगुवाइ गरे उनी राजनीति, पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन्।
त्यसपछि उनी बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट उपाध्यक्षमा निर्वाचित भए र विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउन भूमिका खेले। त्यसपछि उनी पत्रकारिता क्षेत्रमा समेत क्रियाशील भए। प्रेस चौतारी रुपन्देहीको अध्यक्ष, केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत बने। त्यस्तै उनी सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को अध्यक्षसमेत भए।
२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चारविज्ञको रुपमा नियुक्त गरेका थिए। एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि उनले पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष भए भने जिल्ला प्रचार विभाग प्रमुख बने।
उनी तिलोत्तमा नगर कमिटीको नेतृत्वमा आएसँगै पार्टी एकतापछि कमजोर र लथालिङ्ग बनेको संगठनलाई सुद्धृढ बनाउन मुख्य भूमिका खेले। आउँदा एमालेको संगठन कमजोर थियो। उनले टोलटोलमा कमिटी निर्माण गर्दै संगठनलाई मजबुत बनाए भने पार्टीको आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले। तर, राजकीय अवसर अहिलेसम्म नपाउँदा विकासमा योगदान गर्ने उनको चाहना भने अहिलेसम्म अधुरै छ।
पार्टीमा उनी कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोहीअनुसार योजना निर्माण गर्ने क्षमता राख्छन्। उनले पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय कमिटीसम्म मेयरको आकांक्षा राखीसकेका छन्। सिंगो पार्टीपंक्ति आफूप्रति सकारात्मक पाएको उनको भनाइ छ।
त्यस्तै कांग्रेस नेता रामकृष्ण खाँण अघिल्लो निर्वाचनमा मेयरमा पराजित नेता हुन्। जनमुक्ति पार्टीसँग तालमेल गरेर चुनाव लड्दा पनि उनी पराजित भएका थिए। यसपटकको निर्वाचनमा पनि उनी लड्ने चर्चा छ, यद्यपि उनी सक्रिय ढंगले अझै लागिसकेका छैनन्।
त्यस्तै कांग्रेसबाट गुणनिधि भण्डारी (माधव) र नारायण न्यौपानेले पनि मेयरका लागि दावी गरिरहेका छन्। कांग्रेसबाट मेयरको दावी गरिरहेकाहरूले अहिले एमालेको विरासत तोड्ने दाउमा छन्। तर तिलोत्तमामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कमजोर रहेकाले कांग्रेसलाई एमालेको विरासत तोड्न सजिलो भने छैन। मेयरको दावी गरिरहेका भण्डारी भन्छन्, 'अघिल्लो पटक मलाई अर्को निर्वाचनमा टिकट दिने भनेर आश्वासन दिइएको थियो, त्यसअनुसार आश्वासन पूरा हुने कुरामा म विश्वस्त छु।' उता, न्यौपानेले पनि मेयरका लागि आफूले तयारी गरिरहेको प्रतिक्रिया दिए।
अरु आकांक्षी
तिलोत्तमा नगरपालिका प्रमुखमा हालका नगर प्रमुख रहेका वासुदेव घिमिरेले दोहोरिन चाहेका छन्। उनी एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। त्यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले पनि आकांक्षा राखेकी छन्।
एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरका लागि आकांक्षा राखेका यज्ञ गैरे अहिले प्रतिष्पर्धामा पछाडि छन्। पार्टी जिल्ला कमिटी सचिव रहेका गैरेको चाहना पनि मेयरमा उठ्ने रहेपनि कार्यकर्तापंक्तिमा उनको चर्चा भने कम मात्रै हुने गरेको छ। उनी सोह्र–छत्तीस संयुक्त सिंचाई प्रणालीका सभापति छन्।
तिलोत्तमा जनमुक्ति पार्टीको पनि राम्रो पकड भएको क्षेत्र हो। उसको मत निर्वाचनमा निर्णायक बन्न सक्ने देखिन्छ। सत्ता गठबन्धन र एमाले जनमुक्तिलाई आफूतिर तान्ने प्रयासमा पनि लागेका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया