‘चमत्कार’ र ‘राम जाने’ फिल्म बनाउने निर्माता प्रवेश मेहराको कोरोनाबाट निधन

बलिउडका बादशाह साहरुख खान अभिनित फिल्म चमत्कार र राम जानेका निर्माता प्रवेश सी मेहराको कोरोना संक्रमणका कारण निधन भएको छ। 

उनी विगत एक महिनादेखि कोरोनाको संक्रमणबाट पीडित थिए। शुक्रबार साँझ ४ बजे मुम्बईको ब्रीच केन्डी अस्पतालमा उनको निधन भएको भारतीय अखबारले जनाएका छन्। 

मेहरा ७१ वर्षका थिए। उनको परिवारमा एउटा छोरा र छोरीबाहेक ठूलो बहिनी र तीनजना भाई थिए। 

उनी लामो समय मुम्बईको चर्चित मिनर्वा सिनेमा हलको मालिक थिए। जुन हलमा १९७५ को सुपरहिट फिल्म शोले पाँच वर्ष चलेको थियो। 

उनले सलाखे, अशान्ति, आखिरी अदालत, शिकारीः द हन्टर र किला जस्ता फिल्म पनि निर्माण गरेका थिए।

प्रकाशित मिति: : 2020-12-19 19:29:00

प्रतिकृया दिनुहोस्