
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
बिर्तामोडको सामाजिक संघसंस्थामा पकड जमाएको नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मेयर पद गुमायो। मेयर र उपमेयर नै गुमाएको नेपाली कांग्रेसले बिर्तामोडका केही वडामा जित्यो। झापाको मुख्य राजनीतिक केन्द्र र नेताको प्रतिष्ठा बन्ने बिर्तामोड नगरपालिकामा यतिबेला चुनावी सरगर्मी छ।
मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेको नेकपा एमाले वैशाखमा हुन गइरहेको निर्वाचनमा फेरि बहुमत कायम गरेर जाने योजना बनाइरहेको छ। चुनाव केन्द्रीत घरदैलो अभियान सञ्चालन गरिहरेको एमालेमा मेयर, उपमेयर पदका लागि आकांक्षीहरु पार्टी नेतृत्वसँग उम्मेदवार सिफारिसका लागि माहोल बनाइरहेका छन्।
जिल्लाकै राजनीतिक केन्द्र भएको बिर्तामोडमा पार्टीका सबै तहका नेताहरुले आकांक्षा राख्नुलाई स्वाभाविक मानिएको छ। मेयरमा आधा दर्जन नेताहरुले आकांक्षा व्यक्त गरिरहेको एमाले वृत्तमा चर्चा हुन थालेको छ।
मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी नै जोडतोडका साथ लागेका छन्। उनी एक कार्यकाल दोहोर्याउने मनसायमा खुलेर लागेको पाइएको छ।
पाँच वर्षमा आफ्नो नेतृत्वमा धेरै काम भएको बताउने मेयर शिवाकोटीले आफ्नै नेतृत्वका बाँकी कामहरु सक्नुपर्ने जिकिर गरेका छन्। उनी भन्छन्, ‘बिर्तामोडमा विकासको लहर ल्याएको छु, मेरै नेतृत्वमा समृद्ध एवम् स्मार्ट नगर बनाउनु पर्नेछ। त्यसैले मेरो उम्मेदवारी दोहोर्याउन उचित ठानेको छु।’
यस्तै, बहालवाला उपमेयर पवित्रा महतरा मेयरको कडा दावेदारको रुपमा देखिएकी छिन्। उनले आसन्न निर्वाचनमा मेयरको उम्मेदवार बन्न पाउनुपर्ने माग गरेकी हुन्।
पार्टीभित्र र नगर क्षेत्रमा विवादरहित कार्यकाल पुरा गर्ने महतराले मेयरमा महिलाको नेतृत्व हुनुपर्ने मागलाई केन्द्र तहसम्म पुराएकी छन्। उनले आफ्नो संयोजकत्वमा रहेको न्यायिक समितिलाई लगातार प्रदेशमा उत्कृष्ट बनाउन सफल भएकी छन्।
प्रदेश सांसद एकराज कार्की पनि मेयरमा उठ्ने तयारीमा लागेका छन्। लामो समयदेखि मेयरको उम्मेदवार बन्नेगरी काममा लागेका कार्कीले प्रदेश छोडेर स्थानीय पालिकामा काम गर्ने इच्छा देखाएका छन्। गरामनी क्षेत्रमा राम्रो पकड बनाएका कार्कीले चुनाव जित्ने दावी गर्दै आएको पार्टीभित्र चर्चा भइरहेको छ।
मेयर पदका लागि कर्मचारी क्षेत्रबाट आएका देवराज कार्की पनि चर्चामा छन्। कर्मचारी क्षेत्रको प्रदेश नेतृत्व समेत गरेका उनी लामो समयदेखि पार्टीको जनसंगठनमा क्रियाशिल थिए। नेकपा एमाले बिर्तामोडका इञ्चार्जसमेत रहेका कार्की नगरपालिकाको कर्मचारीबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका छन्।
यस्तै, बौद्धिक क्षेत्रमा अगुवा मानिएका उमानाथ ओली अर्का उम्मेदवारका आकांक्षी हुन्। नेकपा एमालेभित्र चर्चामा रहेका ओली नेकपा एमालेको नगर अध्यक्षमै पराजित भएका व्यक्ति हुन्। मेची क्याम्पसका पूर्व प्रमुखसमेत रहेका ओली पार्टीको अग्रमोर्चामा क्रियाशिल छैनन्।
त्यस्तै, मेयर पदका अर्का आकांक्षीको रुपमा देखिएका छन्, विर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौला। संग्रौला टिकटको लविङका लागि बालकोट पुगिसकेका छन्। बालकोट पुगेर फर्किएका संग्रौला बिर्तामोडका वडाध्यक्षमध्ये चिनिएका जनप्रतिनिधि हुन्।
सामाजिक सञ्जालमा रुखो प्रस्तुतिले परिचित संग्रौला आलोचित पनि छन्। पार्टीमा लामो समयदेखि काम गर्दै आएका संग्रौला मेयर पदमा बलियो बलियो दावी गरिरहेका छन्।
नगरको उपमेयरमा ६ जना आकांक्षी देखिएका छन्। प्रेस काउन्सिल नेपालका सदस्य एवम् रेडियो भिजनका सञ्चालक गणेश पोखरेल, वडा नं. ९ को वडाध्यक्ष पवित्रा पाठक, वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, पार्टीको प्रदेश कमिटी सदस्य टिका घिमिरे, पार्टीका २ नं. क्षेत्रीय कमिटी संयोजक बद्री भट्टराई र सहसंयोजक प्रविण पोखरेल उपमेयरको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिरहेका छन्।
नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले निर्वाचन जित्ने गरिका उम्मेदवार पार्टी सिफारिस गर्ने जानकारी दिएका छन्। उनले विगतको जस्तो केही ठाउँ गुमाउने छुट एमालेलाई नभएको बताए। अध्यक्ष भट्टराई भन्छन्, ‘एमालेको टोलटोल संगठन विस्तार छ। बिर्तामोडमा सबैभन्दा बलियो संगठन एमालेकै भएकाले हाम्रो जीत निश्चित छ।’
उनले बिर्तामोड नगरपालिकाले पाँच वर्षका गरेका काम नै जित्ने आधार हुने बताए। ७ सय परिवारलाई आवास निर्माण, ११२ किमि कालोपत्रे सडक निर्माण, सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण, नगर अस्पतालको निर्माण, १२२ वटा पुल कल्भर्ट निर्माण, सिँचाईको पर्याप्त सुविधा र कृषिमा उल्लेख्य काम गरेको अध्यक्ष भट्टराईको भनाई छ।
०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जलकुमार गुरुङलाई मेयर पदमा ८९५ मतले एमालेका ध्रुवकुमार शिवाकोटी निर्वाचित भएका थिए। सो निर्वाचनमा गुरुङले ८ हजार २१७ मत प्राप्त गरेका थिए।
राप्रपाबाट उम्मेदवार बनेका भक्ति सिटौलाले ६ हजार १७० मत ल्याए। यस्तै, माओवादीबाट मेयर पदमा निर्वाचन लडेका चन्द्रप्रसाद कडरियाले ३ हजार ७९७ मत प्राप्त गरेका थिए। बिर्तामोडमा नेकपा एमालेका लागि मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको गत निर्वाचनको तथ्याङकमा देखिन्छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया