अख्तियार प्रमुखमा राई, सदस्यमा चन्द र सिलवाल सिफारिस

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्मा दर्ता गराएको छ।

आइतबार दर्ता गरिएको चिठीमा मिति भने अगाडिको राखिएको संसद् स्रोतले बताएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ।

पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन्। 

संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वत: नियुक्त हुने प्रावधान छ। प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन। 

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद् बैठकमा ३ जना उपस्थित भएर २ जनाले सिफारिस गर्ने सक्ने प्रावधान राखिएको थियो।

प्रकाशित मिति: : 2020-12-20 15:12:00

प्रतिकृया दिनुहोस्