अक्षयकाे पारिश्रमिक १ सय ३५ करोड !

बलिउड नायक अक्षय कुमारले आफ्नो बढ्दो मागलाई हेरेर पारिश्रमिक बढाएका छन्।

अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्‍याएका छन्।

अक्षयले भारतमा लकडाउन सकिएसँगै आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १ सय ८ करोड पुर्‍याएका थिए। त्यसको केही समयपछि नै उनले पारिश्रमिक १ सय १७ करोड पुर्‍याएका थिए।

तर, बजारमा आफ्नो चर्को माग भएपछि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्‍याएका हुन्। 

अक्षय आउँदो बर्षका लागि पूर्ण रुपमा व्यस्त छन्। उनको लाइनअपमा आधा दर्जन चलचित्र छन्। सन् २०२२ मा रिलिज हुने चलचित्रका लागि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्‍याएका हुन्।

अक्षयका चलचित्रले हलबाट १ सय करोड भन्दा बढी कमाउने गरेका छन्। उनका चलचित्रको टेलिभिजन राइट्स ९० करोडमाथि विक्री भैरहेका छन्। समग्रमा उनको चलचित्रले २ सय करोड भन्दा माथि कमाउने गरेका छन्। 

प्रकाशित मिति: : 2020-12-28 12:46:00

प्रतिकृया दिनुहोस्